चितवन, असोज १४-
नारायणी नदी किनारलाई सौन्दर्यकरण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले तटबन्धनसहितको सौन्दर्यकरण गर्ने भएको हो ।
जसका लागि २० करोड बराबरको टेण्डर आह्वान गरिएको छ ।
भरतपुर महानगरपालिकाले अग्रसरता लिएपछि नारायणी नदी व्यवस्थापन कार्यालयले दशैं अगाडि नै टेण्डर आह्वान गरेको छ ।
महानगर प्रमुख रेनु दाहालले सी बीच मोडलमा नारायणीलाई विकास गर्ने क्रममा नदीको व्यवस्थापन महत्वपूर्ण भएकाले यो टेण्डर आह्वानले नारायणीको सौन्दर्यकरणलाई थप सहयोग पुग्ने दाबी गरिन् ।
यो आयोजना नारायणी पुलदेखि नारायणी सिँचाई कार्यालयसम्मको करिव एक किलोमिटरसम्म लागू गरिने छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार