Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक ३०, २०८२
☰
Logo आइतबार, कार्तिक ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • २. हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ३. हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ४. हेर्नुस तपाइँको आजको राशीफल

  • ५. हेर्नुस तपाईंको आजको राशीफल

  • ६. कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

  • ७. आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ८. भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई, क्यानविरुद्ध अख्तियारमा निवेदन

  • १०. लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे

निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्‍या हो, पुर्जा पाउनेमा विश्वास छैन

तनहुँ, २० चैत-

शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उनको हातमा निस्सा थमाइदिँदा पनि उनको मुहारमा खुसी छाएन । निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकीका मेयर किसान गुरुङले निस्सा बाँडेका थिए ।

२०३२ सालदेखि भानुमतीको थात्थलो छाडेर स्यालीबजार बसाइ झरेका उनको एउटै सपना छ- सिरानीमा लालपुर्जा च्यापेर निदाउने । नगरपालिकाले बाँडेको निस्सा हातमा हुँदा पनि लालपुर्जा पाइन्छ भन्ने झिनो आश नभएको उनले बताए । उनी भन्छन्, ‘सबैले लिँदा किन नलिम भनेर मात्र निस्सा लिएको हो ।लालपुर्जा हातमा नपरुन्जेलसम्म भरोसा कत्ति पनि छैन ।’ जब हातमा लालपुर्जा पर्छ तब मात्र खुसी हुने उनले बताए । ‘यो औपचारिक मात्रै हो । निर्वाचनको भोटलाई गर्‍या हो । पाँच प्रतिशत पनि विश्वास छैन’, उनले भने ।

निस्सा पाएका सबैसँग यस्तै यस्तै आशंका थिए । ३० वैशाखमा हुन लागेको निर्वाचनको संघारमा निस्सा बाँडिएकाले भोट तान्ने उपाय हुन सक्ने आशंका गर्छन् बाबुराम सिग्देल । निस्सा थमाउँदैमा खुसी हुने अवस्था नरहेको उनले सुनाए । पटक पटक लालपुर्जा दिन्छौँ भनेर ढाटिएकाले निस्सा बाँँड्दा पनि आश नपलाएको उनले बताए । उनका अनुसार धेरै पटक बस्तीमा मन्त्री नै आएर लालपुर्जाको आश्वासन बाँडे, पूरा कहिल्यै गरेनन् । ‘निस्सा लिएर लालपुर्जा पाउने झिनो आश पनि छैन । एक फेर हो र ? पटक पटक भएपछि कसरी आश गर्ने’, उनले भने । लालपुर्जा नभएकाहरुले सरकार भएको महसुस गर्नै नपाएको उनले बताए । आफूले उपभोग गरेको जग्गाको लालपुर्जा नभएपछि बैंकमा धितो राखेर ऋण झिक्नसमेत नपाएको उनको भनाइ छ ।

निस्साले टिकाराम र बाबुरामलाई जस्तै विष्णुमाया श्रेष्ठलाई पनि लालपुर्जाको आश दिलाउन सकेन । बरु यसपालि पनि लालपुर्जा पाइँदैन होला भनेर आशंकित बनाएको छ उनलाई । निस्सा बाँड्दै लालपुर्जा दिन्छौँ भन्नु चुनावी आश्वासन ठानेकी छन् उनले । लालपुर्जाको कुरा सुन्दा सुन्दै कान थाकेको उनले बताइन् । ‘लालपुर्जाको आश्वासन धेरै पाइयो । आशमा धेरै पटक फारम पनि भर्‍यौँ । हातमा पर्दैन’, उनले भनिन् ।

जानकारहरूका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन गरिएको प्रयास यो आठौँ पटक हो । अहिलेसम्म सफल भएको देखिँदैन । आइतबार शुक्लागण्डकी नगरपालिका–७ का ३९ घरलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भन्दै निस्सा बाँडिएको छ । २४७ परिवारको निस्सा आएको भए पनि वितरण कार्यक्रममा धेरै सहभागी नै भएनन् । लालपुर्जा पाइन्छ भन्ने आश नभएको भन्दै धेरै सहभागी भएनन् ।

वडाबाट ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न निवेदन दिएकोमा ८६६ को विवरण अनलाइनमा दर्ता भएको छ । निस्सा आएकाको वितरण थालेको शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । निस्सा वितरण लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । उनका अनुसार अब नक्सा नापजाँच गरेर लालपुर्जा वितरण हुनेछ ।

आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने शुक्लागण्डकीका मेयर किसान गुरुङले बताए । काम गर्दा गर्दै पनि आफ्नो कार्यकालमा नसकिएपनि अब आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्ने उनले उल्लेख गरे ।

शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ७ सँगै ८ र २ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । शुक्लागण्डकीका १२ वडाबाट चार हजार ४०३ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास त भएको छ नै । र पनि पुर्जाविहीन हुनुको पीडाले सताइरहने बताउँछन् स्थानीयवासी ।-न्युज कारखाना

Chitwan Aaja चितवन आज
सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्वसचिव अर्जुन कार्की पक्राउ
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

ताजा समाचार

सबै

पूर्वसचिव अर्जुन कार्की पक्राउ

एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

चितवन फोटोग्राफी सङ्घको ४६औ स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित विभिन्न कार्यक्रमहरू सम्पन्न ।

कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

चितवनमा एमालेले गरेको जन प्रदर्शन (फोटोफिचर)

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

आज देशका ७७ जिल्लामा एमालेको सभा सम्पन्न

दोस्रो संस्करणको एनपिएलको तयारी पूरा

आजदेखि हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

गायिका ज्योतिको प्रश्न- गगन र योगेशले नयाँ पार्टी खोल्दा कस्तो होला ?

काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २६ गते बुधबारको राशीफल

  • ३.
    हेर्नुस आज मिति २०८२ कार्तिक २५ गते मङलबारको राशीफल

  • ४.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ५.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ६.
    कस्तो रहला आज तपाईँको दिन? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech