गोरखा, असोज १०-
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका(१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।
पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ ।
पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जनाएको छ ।








