– पूजा परियार
चितवन, ०७९ असोज ९-
सुन्दर देखिने चाहना जो कोहीलाई हुन्छ । अझ महिलाहरु सौन्दर्यको मामलमा दुई कदम अघि नै हुन्छन् । हरेक समय र अवस्थामा आफनो सुन्दरता निखार्न कुनै कसर बाँकी राख्दैनन् । त्यसैले हुनसक्छ सुन्दरताको अर्काे नाम नारी भन्ने गरिन्छ ।
समयसँगै सौन्दर्यताको परिभाषा पनि बद्लिएको छ । पहिले अनुहारलाई सुन्दर देखाउनुलाई सुन्दरतासँग जोडिने गरेकोमा अहिले शरीरका विभिन्न भाग वा अंगहरुलाई सिंगार्ने, हेरचार गर्ने वा नयाँनयाँ डिजाइनमा ढाल्ने चलन बढेको छ । सुन्दरतासँग जोडिएको महत्वपूर्ण भाग हो हातखुट्टा र नङ ।
पछिल्लो समय नेल आर्ट ‘टेन्ड्री’ भएको छ । अनुहार, कपालसँगै हातखुट्टा र नङको स्याहार गर्ने तथा सुन्दर बनाउने चलन बढ्दो छ ।
के हो नेल आर्ट ?
नङमा सुहाँउदो रंगको पालिसको प्रयोग र सोही पालिस माथि बुट्टा भर्ने कामलाई नै नेल आर्ट भनिन्छ । साधारण तरिकाले नेल पलिस गर्ने नारीहरु पनि अहिले रंगीचंगी नेल पलिसले नङ सजाउने गर्छन् । यसरी नङ सजाउने नारीको संख्या बढदो छ । नबढोस् पनि कसरी र ? पलिसको राम्रो आर्टले साधारण हातलाई पनि सुन्दर जो देखाउँछ ।
हातखुट्टाको सुन्दरता र शोभा बढाउने काम गरेको हुन्छ नङले, अझ पलिसको कमाल देखाउने काम भने सुहाँउदो र आर्कषक बुट्टाले गर्छ । नेल आर्ट पनि एउटा कला हो । त्यसैले नङमा विभिन्न बुट्टा भरेर त्यसलाई आकर्षक बनाउने काम नै नेल आर्ट हो ।
महिला तथा युवतीहरुको बढ्दो आर्कषण
पछिल्लो समय युवती तथा महिलाहरु नेल आर्ट सिक्नमा आर्किषत छन् । छोटो समयमै सीप सिक्न सकिने, आफ्नो नङलाई पनि सुन्दर बनाउन सकिने भएका कारणले गर्दा उनीहरुको लगाब बढ्दो छ ।
यस्तै, सामाजिक संजालमा जताततै भेटिने आर्कषक विज्ञापन तथा फाटो साथै टिकटकका कारणले गर्दा पनि यसमा आर्कषण बढेको सौन्दर्यकर्मीहरु बताउँछन् ।
रोजगार तथा आत्मनिर्भर बन्ने अवसर
आत्मनिर्भर बन्नु हरेकको चाहना हुन्छ । पढ्दै गरेका युवतीहरु देखि गृहिणी तथा कामकाजी महिलाहरु पनि अरुको जागिर गर्नुभन्दा आफैं स्वरोजगार बन्न चाहना राख्छन् ।
जसका लागि नेल आर्ट एउटा महत्वपूर्ण व्यवसाय बन्न सक्छ । त्यसैले केही समय आफ्नो लागि निकालेर नेल आर्ट सिक्ने तथा स्वरोजगार भएकाहरुको संख्या धेरै छ । यसैगरी पछिल्लो समय वैदेशिक रोजगारीमा जान चाहने महिलाहरुको नेल आर्टमा आर्कषण बढी देखिन्छ ।
सीप सिकेर जाँदा विदेशमा काम पाउन सजिलो हुने तथा पार्लर सम्बन्धी काममा आम्दानी पनि राम्रो हुने भएकाले यो व्यवसाय महिलाहरुको रोजाइमा परेको हो । साथै छोटो समयमा सीप सिकेर आफ्नै व्यवसाय गर्न इच्छुक महिलाहरुले पनि नेल आर्टलाई रोजेको पाइन्छ ।
चाडपर्वमा नेल आर्ट गर्नेहरु बढी
नेपालीहरुको महान् चाड बडा दशैं नजिकएसँगै पार्लर तथा मेकअप स्टुडियोहरुमा अहिले नेल आर्ट गर्नेहरुको संख्या बढेको देख्न सकिन्छ । त्यसो त साउन महिना सुरु भएदेखि नै आम्दानीको सिजन सुरु भएको मान्छन् सौन्दर्यकमी तथा व्यवसायीहरु ।
महिलाहरु हरेक चाडपर्वमा फरक ढंगले आफूलाई सिंगार्न चाहने कारणले गर्दा साउनदेखि कार्तिक महिनासम्म अर्थात् यो समयमा ठूला चाडपर्व पर्ने भएकाले आम्दानी राम्रो हुने गर्दछ ।
नेल आर्ट गर्र्दा एक हजार पाँच सय रुपैयाँबाट सुरु भएर १५ हजार रुपैयाँ वा यो भन्दा बढी रकममा गर्न सकिन्छ । यसरी नङ सिंर्गान चाहनेहरुमा भने २० बर्षभन्दा माथि उमेर समुहका महिलाहरुको रुची बढी देखिन्छ । जसले एक पटकमा १० हजार रुपैयाँ सम्म खर्च गर्न मनखत मान्दैनन् ।
गलत प्रचारबाट बचौं
सामाजिक संजालमा नेल आर्ट लगायत पार्लरसम्बन्धी सीप सिकाउनका लागि भन्दै धेरै विज्ञापन तथा प्रचार सामाग्रीहरु भेटिन्छ । जसले गर्दा ठगिने तथा सही सीप सिक्न नसकिने जस्ता समस्याहरु हुन सक्छन् ।
त्यसैले सामाजिक संजालमा धेरै भाइरल भएका विज्ञापनहरुको पछाडी लाग्नुभन्दा त्यसको गुणस्तरीयता र विश्वसनीय छ छैन् भनेर जाँच गर्नु राम्रो हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरको भनेर गरिएको प्रचारहरुलाई ध्यानमा राखी संस्थाको बारेमा जानकारी लिएर मात्रै आफ्नो समय र आर्थिक लगानी गर्न आवश्यक छ ।
ब्युटी बक्स स्टुडियो
पोखराको न्युरोडमा रहेको ब्युटी बक्स स्टुडियो नेल आर्ट तथा मेकअप सम्बन्धी तालिमका लागि अन्तराष्ट्रिय मान्यता प्राप्त कम्पनी हो । विगत ३ बर्षदेखि संचालनमा रहेर सेवा दिदैं आइरहेको यो स्टुडियोले देशभर तालिम अभियान संचालन गरिरहेको छ ।
चितवनसहित काठमाडौं, पोखरा देशका ठूलासाना सबै सहरहरुमा यो कम्पनीले एक साताको तालिम संचालन गर्दै आइरहेको छ भने कतै संचालन गर्ने तयारीमा समेत रहेको छ । ब्युटी बक्सले लिखित भन्दा प्रयोगात्मक सिकाइमा जोड दिदैं तालिम संचालन गरेको छ ।
तालिमपछि अन्तराष्ट्रिस्तरको मान्यता प्राप्त सर्टिफिकेट प्राप्त गर्न सकिने भएकाले पनि ब्युटी बक्स स्टुडियो धेरैको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । थाइल्याण्डको बैंकक, मुम्बई, क्यानडा लगायतका ठाउँमा तालिमप्रप्त भएपछि मात्रै मेकअप आर्टिस्ट इशा अग्रवालले ब्युटी बक्स स्टुडियो संचालनमा ल्याएकी हु्न ।
अहिले चितवनको भरतपुरमा दशैं अफरसहित सहुलियतपूर्ण शुल्कमा तालिम संचालन भइरहेको छ । दशैंपछि पनि तालिम संचालन गर्ने योजना कम्पनीको रहेको बताइएको छ ।
(ब्युटी बक्स स्टुडियोकी सीईओ इशा अग्रवालसँग गरिएको कुराकानीमा आधारित)








