काठमाडौं, असोज ७-
गायिका जेरुसा राई बेपत्ता भएकी छन् ।
बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।
३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिए ।
पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








