काठमाडौं, ५ असोज –
कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।
आगलागीमा एक जना जलेको प्रहरीको आशंका छ । तर, यसबारे पुष्टि भने हुनसकेको छैन । आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भइरहेको प्रहरी जनाएको छ ।








