• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ २६, २०८२
☰
बिहिबार, भदौ २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ४. नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ५. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ६. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ७. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ८. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ९. फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

  • १०. बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

काठमाडौ, असोज १-

‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् । तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पु¥याउनुभयो ।

विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन् । यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन् । तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन् र अझै पुन जस्ता नेपाली आमाका सपुतहरु राष्ट्रका लागि धेरै जन्मनुपर्छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र बिबी फाउन्डेशनको संयुक्त पहलमा नगद रु एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।

प्रसिद्ध म्यागासेसेलगायत दर्जनाँै पुरस्कार प्राप्त गरिसक्नुभएका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन । उहाँ भन्नुहुन्छ, “पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन् । पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन् । मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् । मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।”

महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाउनुभएको छ पुनले ।

अहिले राष्ट्रिय आविष्कार केन्द्रका लागि वैज्ञानिक अनुसन्धानकर्ताका रुपमा नभई एउटा गोठालेका रुपमा काम गरिरहेको पुन बताउनुहुन्छ । “म अनुसन्धान आविष्कारक हैन । गोठालेका रुपमा काम गरिरहेको छु । आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु”, उहाँले भन्नुभयो ।

विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मनुभएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । जहाँ कलम हैन ढुङ्गाले लेखिन्थ्यो । संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाउनुभयो । जसले पुनको जीवनलाई बदलिदियो । अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकाङ्क्षी लक्ष्य लिएर गाउँ फर्किनुभयो ।

पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान् आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ । पुनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर प¥ुयाउनुभयो । इन्टरनेट जोडेर उदाहरणीय काम गर्नुभयो । बिग्रेका कम्प्युटरहरूको पार्टपुर्जा जोडेर गाउँमा कम्प्युटर आविष्कार गर्नुभयो अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पु¥याउनुभयो ।

आविष्कार केन्द्र किन !

पुनले आविष्कार केन्द्र कुनै स्वार्थका लागि खोल्नुभएको हैन । यहाँबाट कुनै लाभ लिऔँला भन्ने महत्वकाङ्क्षा पनि छैन । तर युवाको सीप र सिर्जनालाई आविष्कार गरेर उद्यमशीलता विकास गर्ने पुनमा हुटहुटी छ । त्यसैले पुन आफ्नो यात्रामा अविचलित हुनुहुन्छ । “यो मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन,” उहाँले भन्नुभयो, “म फरक किसिमको स्वतन्त्र मान्छे हुँ । ३० वर्ष भयो स्वतन्त्र मान्छे बनेको । यो अवधिसम्म म कुनै जागिर नखाएको मान्छे । कुनै व्यवसाय गर्न जानिन । जागिर चाहिँ मन नपर्ने भएर नखाएको । व्यापार व्यवसाय गर्न कुनै आइडिया पनि छैन । पूँजी छैन । त्यही भएर म चाहिँ एउटा झोला बोकेर हिँड्ने मान्छे भएको हो । र त्यो झोला बोकेर हिँडेको ३० वर्ष भयो ।”

पुनले ३० वर्ष झोला बोकेर हिँडेको र २० वर्ष गाउँमा बिताएको निकै दर्दनाक कहानी सुनाउनुभयो । उक्त अवधिमा पुनले नेपालका पहाडी जिल्लामा घुम्ने गाउँलेहरुलाई सघाउने काम गर्नुभयो । गाउँले जनताको सुखदुःखमा रमाउने उहाँको बानी बन्यो । पुन भन्नुहुन्छ, “मैले २० वर्ष गाउँ घुम्दा गहिरोसँग प्राप्त गरेको ज्ञान भनेको नेपाल गरिब रहेछ भन्ने थाहा पाए । नेपालमा युवाहरु रोजगारीका लागि बाध्य भएर विदेशमा जाने चलन छ । यदि नेपाल समृद्ध भइदिएको भए आज ५०/६० लाख नेपाली विदेसिनुपर्ने थिएन् ।”

बीस वर्षको अवधिमा पुनलाई रोजगारी सिर्जना गर्नुपर्छ भन्ने बुद्धि आयो । तर, कसरी रु अमेरिका, जापान, कोरिया, मलेसिया, खाडी मुलुकमा रोजगारी कसरी गरिरहेको छ । रोजगारी सिर्जनाका लागि उद्यमीहरुको सिर्जना गरिनुपर्छ । “हामी नेपालीहरु अलमलिएका छौँ, रोजगारी सरकारले सिर्जना गर्ने हो भनेर सरकारलाई गाली गर्छौं, रोजगारीको सिर्जना वास्तवमा उद्यमीले गर्ने हो । उद्यमी नभएकाले रोजगारी भएन । अमेरिकामा आठ वर्ष बसेको मान्छे आफैँलाई थाहा थिएन रोजगारी कसरी बनाउने । गाउँमा २० वर्ष बसेपछि बल्ल ज्ञान भयो । उद्यमी बन्नलाई अनुसन्धान र आविष्कार गर्नुपर्छ । त्यही सोचका कारण आविष्कार केन्द्रको जन्म भयो”, पुनले भन्नुभयो ।

उद्यमी बन्नका लागि सबैभन्दा पहिलो कुरा अनुसन्धान चाहिन्छ । त्यो जुनसुकै क्षेत्रमा किन नहोस् । उद्यमी बन्नका लागि अनुसन्धान गनैपर्छ । अनुसन्धान कति आवश्यक रहेछ भन्ने कुरा थाहा पाउन पुनलाई २० वर्ष लाग्यो । अहिले १० वर्षदेखि पुनले जानेको कुरा सिकाउँदै हुनुहुन्छ । पुनको विचारमा नेपालको अर्थतन्त्र सुधार्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरुले नै हो । सरकारले उद्यमी फस्टाउने वातावरण बनाइदिने हो ।

पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्र भनेको ‘प्लेटफर्म’ हो त्यहाँ आएर काम गर्ने वातावरण बनाइदिएको हो । हामीले वातावरण बनाएका छौँ, आइडिया र सिर्जनशीलता, भएका नेपालीले केन्द्रमा आविष्कार गर्नसक्छन् । आइडियामा अनुसन्धान गरेर उद्यमशीलता विकासका लागि केन्द्रले प्रोत्साहित गर्ने गरेको पुनले सुनाउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा आएर कसैले कुनै आइडिया सिक्न चाहन्छ, भने बेस्सरी काम गर पैसाको चिन्ता नगर भनेको छु । तर, यो कुनै मिडियाबाजी गर्न भनेको हैन । बाध्य भएर भनेको हो । म जस्तो पैसा नभएको मान्छेले भनेको कस्ले पत्याउँछ होला र तर पनि हिम्मत हारेको छैन मिहिनेत गरिरहेको छु ।”

पुनको अनुभवमा अनुसन्धान ‘रिस्की’ काम हो । धेरै लगानी र हन्डर खाएर मात्रै सफलता पाइन्छ । आविष्कार केन्द्रलाई निम्नवर्गका व्यक्तिले भरोसाको केन्द्रका रुपमा हेरेको र उनीहरुको निरन्तर सहयोगबाट हालसम्म रु १५ करोड सहयोग जुटिसकेको पुनले जानकारी दिनुभयो ।

पुनले यस्ता आविष्कार केन्द्र देशभर विस्तार गर्नुपर्ने र यसमा सरकारले विशेष चासो दिनुपर्ने औँल्याउनुभयो । एनआरएनएहरुले विदेशमा आर्जन गरेको आर्थिक लगानी ज्ञान, सीप र प्रविधिलाई नेपालमा अनुसन्धान क्षेत्रमा लगानी गर्नुपर्ने पुनको भनाइ छ । साथै, अनुसन्धानमूलक क्षेत्रमा लगानी गर्न नेपालका बैंकहरुलाई आग्रह गर्नुभयो ।

आविष्कार केन्द्रमा के भइरहेको छ

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रमा साना–साना अनुसन्धान र आविष्कारका काम भइरहेका छन् । पुनका अनुसार सबै क्षेत्रमा काम भइरहेको छ । कृषि, स्वास्थ्य, शिक्षा तथा इन्जिनियरिङ क्षेत्रमा भेरै काम भइरहेको छ, रकेट, ड्रोन बनाउनेदेखि इलेक्ट्रोनिक ग्याजेट, सफ्टवेयर हार्डवेर निर्माणको काम पनि भइरहेको छ । एउटै साँघुरो थलोमा यी सब काम कोचाकोच गरेर भइरहेका पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी सिक्दैछौँ । अहिले आविष्कार केन्द्र निम्न माध्यमिक अवस्थामा छ । हामीलाई पिएचडी गर्न धेरै वर्ष लाग्छ । किनभने यो काम जानेर पैसा भएर गरेको पनि हैन ।”

सन् २०१२ मा दर्ता भएको आविष्कार केन्द्रले सन् २०१७ सम्म केन्द्रको खातामा रु एक पनि थिएन । आविष्कार कसरी गर्ने भन्ने पनि थाहा थिएन । म झोला बोकेर हिँड्नेले कसरी गर्ने । सन् २०१८ देखि सुरु भएको अनुसन्धानको काम छोटो अवधिमा पनि राम्रै उपलब्धि भएको छ । यसलाई अझै माथि लैजाने पुनको सोच छ । अनुसन्धानलाई प्राथमिकता नदिए देशको अर्थतन्त्रलाई उकास्न नसकिने पुनको भनाइ छ ।रासस

 

Chitwan Aaja चितवन आज
शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड
देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

ताजा समाचार

सबै

मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

सुशीला कार्कीलाई बालेनको समर्थन

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कक्षा १२ को मौका परीक्षा स्थगित

देश अहिले राजनीतिक शून्यतामा छ : नेपाली कांग्रेस

सागर ढकालले भने :- कोही नभए नेतृत्व गर्न तयार छु

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

वार्ताका लागि भर्चुअल छलफलमा जेनजी

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ४.
    नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ५.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ६.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.