Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत २२, २०८२
☰
Logo आइतबार, चैत २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ७. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ८. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ९. नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

  • १०. नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

भैरहवा, भदौ २६-
इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।

इन्डियन आयल कर्पोरेसन९आइओसी० ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ ।

आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियोे ।

रक्सौले डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भैरहवाका लागि सहज होस् भनी लखनउ डिपोबाट इन्धन उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएपछि ढुवानी व्यवसायीहरूले ढुवानी बन्द गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले जानकारी दिएको छ ।

‘नेपाल आयल निगमले ढुवानी भाडा समायोजन नभएको, नयाँ रुटको परमिट नदिएको र समयसापेक्ष ढुवानी भाडामा वृद्धि हुनुपर्ने भन्दै आइओसीबाट नेपालमा पेट्रोलियम पदार्थ नउठाउने गरी आन्दोलनको कार्यक्रम हुँदै आएको छ, यसमा हाम्रो पनि समर्थन रहेको छ,’ पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका महासचिव भुपराज अर्यालले भने ।

लखनउबाट लुम्बिनी प्रादेशिक डिपोमा ल्याउने तयारी भए पनि रुट र भाडा सम्झौता हुन सकेको छैन । भाडा र रुटको व्यवस्था नहुँदासम्म भारतबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने महासंघको परिपत्रअनुसार शुक्रबारदेखि ढुवानीका लागि आवश्यक पर्ने प्रारम्भिक खरिद आदेश अर्थात् पीडीओ ९प्रोडक्ट डेलिभरी अर्डर० नलिएको अर्यालले बताए ।

‘रुट नै परिवर्तन भएपछि ढुवानी व्यवसायीले भाडावृद्धिको माग गर्दै ढुवानी बन्द गरेका हौ । भलवारी डिपोका लागि हामीलाई बरैनीबाट लोड नगर्ने भनेको छ, यता लखनउ जाने रुट पर्मिट, नाका र भाडा पनि तय नभएको हो,’अर्यालले भने ।

हवाई इन्धनबाहेकका इन्धनको आपूर्ति भने यो महिनाको मसान्तसम्मका लागि सहज रूपमै भइरहेको छ । ‘भाडा समायोजनसहितको वार्ताको विषय मन्त्रिपरिषदमा गएर टुंगो लाग्ने छ ।

त्यो समयका लागि अन्य इन्धनहरूको आपूर्ति भइरहेको छ, निगमले पटक पटक भाडा समायोजन गर्ने जनाए पनि पाँच वर्षदेखि गरेको छैन, अन्य यातायात क्षेत्रको भाडा समायोजन भए पनि हामीलाई हेला गरेकाले आन्दोलनको विकल्प छैन,’ महासचिव अर्यालले भने ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आन्तरिक उडानका लागि सरदर दैनिक १० देखि १४ केएल र एक मात्र उडान भइरहेको अन्तर्राष्ट्रियका लागि सरदर ८–१० केएल इनधन खपत छ । विमानस्थलमा ७० केएलका पाँचवटा भण्डारण क्षमताका ट्यांकीसहित कुल ४५० केएल संचित गर्ने क्षमता छ ।

दुई सातादेखि इन्धन आपूर्ति अनियमित भएपछि विस्तारै संचिति घट्दै गएको विमानस्थल आयल स्टेसन प्रमुख सविन सापकोटाले बताए । ‘केही दिन अगाडि मात्रै इन्धन आएको थियो, अहिले आएको छैन हामीसँग एक हप्ताका लागि पुग्ने इन्धन करिब १६० केएल मौज्दात छ । एक सातासम्म आपूर्ति नभए उडान प्रभावित हुन सक्छ । अहिले विमान कम्पनीहरूलाई मागअनुसारकै इनधन दिइरहेका छौ‌,’ स्टेसन प्रमुख सापकोटाले भने ।

नेपाल आयल निगमले आइओसीको निर्णयअनुसार रक्सौलबाट आउने गरेको हवाई इन्धन स्थानान्तरणपछि लखनउ डिपोबाट आउने भएपछि आपूर्ति रोकिएको जनाएको छ । रक्सौलबाट हुँदै आएको ढुवानी अब लखनउबाट गर्नुपर्ने भएकाले कागजी प्रक्रिया ९रुट पर्मिट० लगायतको काममा निगम लागे पनि ढुवानी व्यवसायीहरूले आन्दोलन गरेकाले आपूर्ति अनियमित भएको आयल निगम लुम्बनी प्रदेशिक डिपोका प्रमुख नवविनोद पोख्रेलले बताए। ‘शुक्रबारसम्मका लागि भण्डारण छ हामीसँग भएको मौज्दात घट्दै जानु, आपूर्तिको अवस्था यस्तै रहे समस्या हुन सक्छ,’ प्रमुख पोख्रेलले भने ।

एक सातादेखि विमानस्थलमा इन्धन आपूर्ति अनियमित भएपछि नेपालगंज र धनगढीको डिपोहरूले इन्धन दिन नसकिने जनाएका छन् । निगमले इन्धनको व्यवस्थापन नगरे आन्तरिक हवाई उडान प्रभावित हुने छ । निगमको धनगढी र नेपालगञ्ज डिपोले सबै हवाई इन्धन सेवा प्रदायकलाई अत्यावश्यकबाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न पत्राचार गरेको छ । निगमले डिपोहरूले आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई सूचना जारी गर्नुपरेको जनाएको छ । डिपोले पनि हवाई सेवा प्रदायकलाई काठमाडौंमै इन्धन भर्न सूचना जारी गरेको जनाएको छ ।

धनगढी र नेपालगंज विमानस्थलमा काठमाडौंबाटै हवाई इन्धन बोक्नुपर्ने सर्कुलरले विमान कम्पनीहरु र यात्रुलाई थप आर्थिक भार पर्नेछ । अतिरिक्त मात्रामा इन्धन बोक्दा काठमाडौंबाट हुने उडानमा यात्रु संख्या र कार्गो कटौती गर्नुपर्ने र यसले सञ्चालन खर्च, भाडा दुवैलाई हानी पुर्‍याउँछ ।

डिपोमा व्यवसायीहरूले १९ भदौदेखि आपूर्ति रोकेका छन् । अब अत्यन्तै कम मात्रामा मात्रै इन्धन छ, आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्ने गरी विमान सेवा प्रदायकलाई जानकारी गराएको हो ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थमलमा पनि मौज्दात सकिँदै गएको छ । ढुवानी (ट्यांकर)व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाअन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न । तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ ।

भलवारी डिपोका लागि भारतको बैतालपुरवाट पेट्रोल, गोण्डाबाट मट्टीतेल, अमलेखगञ्जबाट डिजेल र रक्सौलवाट हवाई इन्धन आउने गरेको थियो । लुम्बिनी प्रादेशिक डिपोमा दैनिक पेट्रोल, मट्टीतेल, डिजेल र हवाई इन्धन करिब ६० गाडी पेट्रोलियम पदार्थ आयात भई वितरण हुने गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरूलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ । पेट्रोलियम पदार्थको पीडीओ नलिने एवं सबै नाकाबाट भारततर्फ लोड गर्न नजानेलगायतका आन्दोलन कार्यक्रम गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण छ ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको मागप्रति निगम व्यवस्थापन सकारात्मक रहेको र उक्तको मागको समाधनका लागि आवश्यक पहल भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले २० भदौदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने र २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने कार्यक्रमअनुसार नै अन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

Chitwan Aaja चितवन आज
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.