चितवन, भदौ २६-
माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।
शनिबारदेखि हराएका अधिकारी आज बिहान ८ः३० वजे मृत भेटिएका हुन्।
शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार