चितवन, भदौ २४-
सिन्धु विकास बैँक लिमिटेडले आज देवघाटको गलेश्वर आश्रम मन्दिरमा डस्बिन तथा बोर्ड सहयोग गरेको छ ।
बैंक स्थापनाको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा शान्ति पाठ स्तुति गरी सामग्री हस्तान्तरण गरिएको हो ।
नारायणगढ शाखाको संयोजकत्वमा चितवन शाखाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गरिएको बैंककानारायणगढ शाखाका शाखा प्रमुख सुदिप घिमिरेले बताउनु भयो ।
उनका अनुसार सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी ५ जिल्लामा २५ वटा शाखा कार्यालयहरु र एउटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
साथै बैँकले सबै भन्दा अब्बल, पैसा हुन्छ डबल नारासहित सिन्धु विकास बैंकले ५ वर्ष १० महिना अवधिमा साँवा रकमको दोब्बर हुने गरी व्यक्तिगत मुद्दती निक्षेप योजना सिन्धु महा मुद्दती धमाकाू संचालनमा ल्याएकोछ ।
बैंकले उक्त योजना अन्तरगत ९ वर्ष ३ महिनामा साँवा रकमको तेब्बर, १३ वर्ष ७ महिनामा साँवा रकमको ५ गुणा तथा १९ बर्ष ५ महिनामा साँवा रकमको १० गुणा भुक्तानी हुने व्यक्तिगत मुद्दती निक्षेप योजनाहरु समेत सार्वजनिक गरेकोछ । बैंकले उक्त योजनाका लागी सबै भन्दा अब्बल, पैसा हुन्छ डबलू भन्ने लोकप्रिय नारा समेत सार्वजनिक गरेकोछ । उक्त योजनामा सहभागी हुन कुनै पनि व्यक्तिले कम्तिमा रु।२५,०००र( जम्मा गर्नु पर्नेछ भने आवश्यक परेमा खातामा जम्मा भएको रकमको अधिकतम् ९० प्रतिशत रकम कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

















