काठमाडौं, २३ भदौ-
जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले कानुनी लडाइँ लड्ने बताएका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका हुन् ।
क्यान सचिव प्रशान्त विक्रम मल्लले भने, ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ ।,’
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








