काठमाडौं, भदौ २२-
नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।
गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ ।
शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ ।
संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पौडेलको मोबाइल लोकेसन मुग्लिन–कुरिनटारको बीचमा ट्रयाक भएको छ ।
पौडेलकी पत्नीले आइतबार बिहान सामाखुसीस्थित प्रहरी वृत्तमा खोजीका लागि निवेदन दिएपछि प्रहरीले मोबाइल लोकेसन ट्रयाक गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार