काठमाडौं, भदौ २२-
नेपाल प्रहरीले नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने जनाएको छ ।
प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिने बताएका हुन् ।
सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन नपर्ने उनको भनाइ छ ।
हाल सन्दीप वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका गएका छन् ।








