भरतपुर, १८ भदौ –
भरतपुरमा संचालित एक दिने शिविरबाट नौ सय ३५ जना लाभान्वित भएका छन् । गीतानगर लयान्स क्लब, भरतपुर महानगरपालिका वडा नम्बर १३, चितवन हर्नबिल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्ता आयोजनामा संचालित शिविरमा शनिवार नि ः शुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो ।
काठमाडौँ मेडिकल कलेज काठमाडौँको प्राविधिक संयोगमा भरतपुर १३ को उज्ज्वलचोकमा सम्पन्न शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरुले सेवा लिएका थिए । ‘आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालको दुरी टाढा हुदाँ समस्या भएकाहरुले सेवा लिएका थिए । गीतानगर लायन्स क्लबका अध्यक्ष देभेन लोहनीका अनुसार शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा, दन्त र पाठेघर रोगसम्बन्धी सेवा दिएको थियो ।








