Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

‘रामलाल जोशीको ‘बाआमा’ मेरै बारे लेखिएको त होइन लाग्छ, शब्दमा निकै शक्ति छ’

काठमाडौं, १७ भदौ –

प्रज्ञा डबलीमा शुक्रबार साहित्यकार, कलाकार र राजनीतिज्ञ एकै मञ्चमा थिए । उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम गरेको हो मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कथाकृति ‘बाआमा’ले । जोशीले नयाँ कृति ‘बाआमा’ बजारमा ल्याएका छन् ।

बुकहिल प्रकाशक रहेको ‘बाआमा’लाई शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा, महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहाले संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै नेता थापाले कृतिको खुलेरै चर्चा गरे । पुरै पुस्तक पढेको बताउँदै उनले पात्र र परिवेशको व्याख्या गरे । कथाका प्रत्येक शब्दले आफूलाई छोएको गरे ।

‘यो काल्पनिक कथा हो । यसको पात्र चरित्र कसैसँग मेल खाएमा केवल संयोग मात्रै हुनेछ । चलचित्र हेर्दा सबैभन्दा पहिला पर्दामा यो लेखिएको आउँछ । रामलाल जोशीले पनि पुस्तकको आमुखमा लेखेको भए सायद सबैलाई न्याय हुन्थ्यो,’ उनले पुस्तकको चर्चा गर्दै भने, ‘किनकि, ‘बाआमा’ किताब पढ्दै जाँदा यो बाको कथा हो । आमाको कथा हो । र, बाआमाको कथा त्यतिखेर मात्र हुन्छ जतिखेर सन्तानको कथा हुन्छ । सन्तान नभए बा र आमाको कथा हुँदैन । यो कुनै एक जना बाको, एक जना आमाको र एक जना सन्तानको कथा होइन । यो थुप्रै बाहरू, आमाहरू र सन्तानहरूको कथा हो । या तपाईं र मेरो जस्ता धेरैको बाआमाहरूको कथा हो । त्यसैले कथा पढ्दै जाँदा कहीँ मेरै बारेमा अथवा मेरो आफन्तको बारेमा लेखिएको त होइन भन्ने लाग्छ । कतै लेखकले मेरो कुरा थाहा पाएको त होइन भन्ने सम्म हुन्छ ।’

लेखक जोशीले सुरुमै बा भनेको विश्वास हो र आमा भनेको यथार्थ भएको कुरा सत्य भएको र सत्यभन्दा ठूलो अरू कुनै शक्ति नहुने टिप्पणी गरेका थिए । पाठकहरूको अगाडि बाआमा पढिरहँदा लेखकले अनेक मौका र चुनौती दिइरहने थापाले बताए । उनले पुस्तक पढ्दै गर्दा त्यस्ता कुराको आभास हुने बताए ।

‘ऐना कथा संग्रहमा रामलाल जोशीले हामीलाई सुदूरपश्चिमको पहाड मधेस घुमाएजस्तै बाआमाबाट संसार घुमाउँछन् । सुदूरका पहाडदेखि मधेस मात्रै होइन अमेरिकासम्म पुर्‍याउँछन् । किनकि बाआमा सुदूरपश्चिममा मात्रै छैनन्, सबैतिर छन्,’ उनले भने । चलचित्र जस्तो लाग्ने कथाहरूको संग्रह एउटा फोटोबाट सुरु भएको उनले बताए ।

‘एउटा छोरोले राम र लक्ष्मणको फोटो हेरिरहँदा बाको फोटो किन नभएको होला भनेर सोध्छ । त्यहीनिर कथा टुङ्गिन्छ । आमा भन्छिन्, फोटो राख्नु हुँदैन । किनकि फोटोले कहिल्यै पनि हँसाउँदैन । रुवाउँछ मात्रै । फोटो बोल्दैन । फोटोसँग हामी बोले पनि फोटोले जवाफ दिँदैन । जसले छोडेर जान्छन् त्यसको फोटो राख्नु हुँदैन । फोटो ज्यानमारा हुन्छ । आमाले भनेको त्यही फोटोको कथा छोरोले दोहोराएर भनेर टुङ्गिन्छ,’ कथाका केही अंशलाई सम्झँदै थापाले भने ।

बाआमालाई सबैभन्दा बढी माया सन्तानको हुने उनले बताए । ‘सन्तानलाई माया गर्दैगर्दा जब त्यो माया बाआमालाई र सन्तानलाई बाँड्नुपर्छ तब हामीलाई बाआमाको पक्षमा उभिनु पर्छ भन्ने लाग्छ,’ थापाले भने ।

महानायक राजेश हमालको तर्क पनि थापाको जस्तै थियो । उनले जोशीको किताब पढ्दै गर्दा आफू धेरै ठाउँमा रोकिएको बताएका थिए । ‘मैले अहिलेसम्म यो पुस्तक ७० प्रतिशत मात्रै पढ्न सकेको छु । धेरै ठाउँमा आफ्नै बाल्यकाल सम्झाउने कथाहरू यसमा छन् । मलाई पहिले पुस्तक पढेर सक्ने बानी थियो । अहिले पात्रहरूले डुबाउँछन् । बाआमाका पात्र र कथावस्तुले पनि मलाई निकै डुबायो र म अघि बढ्नै सकिन । तर, पुरा पढ्ने छु,’ हमालले भने ।

उनले आफ्नो आमाको स्मरण गर्दै बाआमाको चर्चा गरेका थिए । हमालले बाआमा निकै उत्कृष्ट र शक्तिशाली पुस्तक भएको टिप्पणी गरेका थिए ।

साहित्यकार शाहले पनि कथा संग्रह पढ्दा आफ्नै जीवन भोगाइ पढेझैँ भएको बताएकी थिइन् । ‘मलाई बाआमाका प्रत्येक शब्द/शब्दले छोयो । शब्द/शब्दमा रोए । यो कथा संग्रह पढ्नका लागि दरिलो मुटु चाहिन्छ । यी शब्द मेरो मात्रै नभर सबैको जीवनसँग मेल खान्छन् । यो विषयमा यति शक्तिशाली शब्द लेख्नसक्नु निकै ठूलो न्यायको विषय हो,’ शाहले भावुक हुँदै भनिन् ।

कथाकार पाण्डेले पनि पुस्कतकको चर्चा गरेका थिए । ‘रामलाल जोशीको ‘बाआमा’ मेरै बारे लेखिएको त होइन लाग्छ, शब्दमा निकै शक्ति छ’
न्युज कारखाना

काठमाडौं, १७ भदौ

कथाकार पाण्डेले पनि पुस्कतकको चर्चा गरेका थिए ।

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने
ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

ताजा समाचार

सबै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.