• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, माघ २१, २०७९
☰
शनिबार, माघ २१, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

    चितवनका लेखक हिरा लामाको पहिलो कृति ‘दलदल’ सार्वजनिक

    एसईईको परीक्षा चैत १७ गतेदेखि [तालिकासहित]

    बालबालिकाको शिक्षाका लागि अभिभावकको पहिलो रोजाइ भरतपुरको ‘स्टार मन्टेश्वरी’ एकेडेमी

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    लोकप्रिय समाचार

    • १. भरतपुरको लङ्कुमा १५ दिने बृहद् महायज्ञ हुँदै, गुरुकुलमा निशुल्क पढ्ने विद्यार्थीको खर्च जुटाउने उद्देश्य

    • २. बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

    • ३. फेरि बढ्यो इन्धनको मूल्य

    • ४. वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

    • ५. पोखरामा बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि २ जना घाइते, अवस्था गम्भीर

    • ६. सुर्खेतको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

    • ७. माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

    • ८. ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

    • ९. नेपालमै पहिलो पटक सीएमसीमा ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सेवा सुरु

    • १०. चलचित्र ‘फूलबारी’ को टिम चितवनमा, फागुन ५ मा रिलिज हुँदै

    जलविद्युत् आयोजनाको संस्थापक शेयर : यसकारण भइरहेको छ विवाद

    रमेश लम्साल
    काठमाडौं , भदौ १७ –
    विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित गर्‍यो । त्यसदिनको सूचनामा कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको विषय समावेश थियो ।

    कालीगण्डकी गर्ज अर्धजलाशयुक्त प्रकृतिको आयोजना हो । यसको क्षमता एक सय ८० मेगावाट छ । सो आयोजनाबाट उत्पादन हुने विद्युत्को खरिद बिक्री दर निर्धारणका लागि सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गरिनु सामान्य प्रक्रिया नै हो ।

    यस्तै सानिमा इनर्जीले प्रवद्र्धन गर्न लागेको माथिल्लो तमोर जलविद्युत् आयोजनाको क्षमता दुई सय ५५ मेगावाट बराबर छ । सो आयोजनाको पनि विद्युत् खरिद बिक्री दरका बारेमा सार्वजनिक सुनुवाइको आयोजनाका खातिर सूचना प्रकाशित गरिएको हो ।

    दुई जलविद्युत् आयोजनाका सम्बन्धमा प्रकाशित सूचना उस्तै प्रकृतिको छ । त्यही सूचनाभित्र अर्को महत्वपूर्ण विषय पनि छ । माथिल्लो तमोर जलविद्युत् आयोजनाले सुरुमा विद्युत् विकास विभागबाट अनुमति लिँदा सानिमा समूहले लगानी गर्ने विवरण उपलब्ध गराएको थियो ।

    सानिमा समूहले विभिन्न आयोजना निर्माण गरिरहेको छ । त्यसका प्रमुख व्यक्तिका रुपमा डा.सुवर्णदास श्रेष्ठले नै जिम्मेवारी सम्हाल्हेका छन् तर, सूचनामा तमोर सानिमा इनर्जीको अध्यक्षका रुपमा ऊर्जा व्यवसायी पुष्पज्योति ढुङ्गाना उल्लेख गरिएको छ । यसबाट के देखिन्छ भने सानिमा समूहले सो आयोजना ढुङ्गानालाई बिक्री गरेको देखिन्छ ।

    यस्तै अवस्था छ कालीगण्डकी गर्जको पनि । सुरुमा सो आयोजना व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको स्वामित्वमा थियो । यही भदौ १२ गते प्रकाशित आयोगको सूचनामा कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको अध्यक्षमा व्यवसायी सुवास साङ्घाई, प्रवद्र्धकमा सुशील गुग्ता, सिएफओ अनिल अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा यर्थाथ पोखरेल उल्लेख छ । यो सूचनाबाट पनि के स्पष्ट हुन जान्छ भने व्यवसायी प्रधानले कालीगण्डकी गर्जको शेयर स्वामित्व बिक्री गरिसकेको देखिन्छ ।

    पछिल्ला दिनमा ऊर्जा उद्यमीले ‘जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र र निर्देशिका तथा विद्युत् खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नपर्ने नीतिगत व्यवस्थासम्बधी प्रतिवेदन’ मा समावेश गरिएका केही प्रावधानको विरोध गरिरहेका छन् ।

    सरकारले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको स्वदेशी लगानीलाई प्रतिबन्ध लगाउन खोजेको ऊर्जा उद्यमीको आरोप छ । यद्यपि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो प्रतिवेदन तत्काल कार्यान्वयन नहुने बताइसकेको छ । माथि उल्लेख गरिएका दुई जलविद्युत् आयोजनाको शेयर स्वामित्वमा गरिएको बिक्री तथा सरकारले तयार पारेको प्रतिवेदन एकापसमा अन्तर सम्बन्धित रहेको छ ।

    सरकारले तयार पारेको प्रतिवेदनले खास गरी जलविद्युत् आयोजनाको अनुमतिपत्रमा हुने खरिद बिक्री एवं चलखेललाई रोक्न खोजेको छ । आयोजना निर्माणका क्रममा नै प्रवद्र्धकले आफ्नो लगानी उठाउने गरेका छन् । संस्थापक लगानीकर्तालाई समेत थाहै नदिई प्रवद्र्धकले आफ्नै निर्माण व्यवसायी राख्ने, आफैँ खरिद गर्ने तथा आयोजनासँग जोडिएका आफैँ सबै काम गर्ने गरेको गुनासो छ ।

    आयोजना निर्माणमा गएपछि सुरुआती प्रवद्र्धकले बिना लगानी मोटो रकम कमाई गर्ने र क्रमशः बाहिरिने गरेका दर्जनौँ उदाहरण छन् । त्यसबाट सबैभन्दा बढी मारमा संस्थापक लगानीकर्ता पर्ने गरेका छन् । साधारण शेयरमा लगानी गर्नेले नाफा कमाउने त परकै कुरा भयो ।

    सरकारले पछिल्लो पटक तयार पारेको प्रतिवेदनले सोही विकृति रोक्न खोजेपछि ऊर्जा उद्यमीलाई सबैभन्दा बढी पिर परेको जानकारको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गत साउन १८ गते मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक कार्यदल गठन गरिन् । कार्यदलले गत साउन २० गते नै प्रतिवेदन बुझायो । त्यसो त ऊर्जामन्त्रीले लाइसेन्सको कारोबार रोकिने पटक–पटक बताउँदै आएकी छन् ।

    सरकारले ऊर्जा उद्यमीकै मागबमोजिम जलविद्युत् आयोजनामा पूर्ण क्षमताअनुसार विकास गर्ने कार्य ‘क्यु’ लाई समेत घटाउने निर्णय गरेको छ । बजार स्पष्ट भएपछि क्युको प्रावधान क्रमशः घटाउँदै जाने विषय आफैंमा महत्वपूर्ण रहेको पूर्वसचिव अनुपकुमार उपाध्यायको भनाइ छ । उनले निजी क्षेत्रले गरेको मागका आधारमा नै यस विषयलाई विगतदेखि नै सरकारले सम्बोधन गरेको र पछिल्ला दिनमा यस विषयमा ‘रिभोलुसन’ नै भएको बताए ।

    “निर्माण भइसकेका आयोजनालाई क्यु घटाउ भन्न त नसकिएका, तर निर्माणमा जाने तयारीमा रहेका आयोजनाले भने सम्बोधन गर्न सक्छन्”, उनले भने, “भारतीय बजार खुला भएको सन्दर्भमा अब क्यूको विषय नै रहने भन्ने लाग्छ ।” नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक तीन सय ६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि समेत प्रक्रिया अगाडि बढाइएको छ तर, आयोजनाको लाइसेन्स बिक्री वितरणका नाममा भइरहेको चलखेल रोक्ने व्यवस्था गरिएपछि आफूहरुको ‘मुटु’ मा नै प्रहार भएको अर्थका रुपमा उनीहरुले लिए ।

    प्रतिवेदनमा समावेश गरिएको ‘विद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी ऋण सम्झौता भएको मितिमा कायम रहेका संस्थापक शेयरधनीहरु (बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरेसम्मको अवधि) वा विद्युत् उत्पादन सुरु गरेको १० वर्ष पूरा नभएसम्म संस्थापक शेयरधनीले आफ्नो शेयर बिक्री गर्न वा धितोबन्धकी राख्न पाउने छैन’ भन्ने व्यवस्थाको चर्को आलोचना गरिएको छ ।

    विद्युत् आयोजना सञ्चालन वा निर्माणमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थिति सिर्जना हुन गएमा संस्थापक एकापसमा शेयर खरिद बिक्री गर्न सहमत भएमा बिक्री हुनेछ । यस्तै संस्थापक शेयरधनी कालो सूचीमा समावेश भएमा वा एक प्रतिशतभन्दा कम शेयर भएको संस्थापक शेयरधनीको हकमा मन्त्रालयको स्वीकृति लिई संस्थापक शेयर खरिद बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।

    यस्तै आयोजनाको अनुमतिपत्रको अवधि समाप्त भई नेपाल सरकारमा स्वामित्व हस्तान्तरण हुँदाका दिनसम्म व्यवस्थापनसम्बन्धी ऋण सम्झौता हुँदा कायम रहेको शेयरको कम्तीमा २० प्रतिशत संस्थापक शेयरधनीको शेयर स्वामित्व रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले चर्को विरोध जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीले पनि सो संस्था सञ्चालनमा आएको पाँच वर्षसम्म शेयर बिक्री गर्न पाउँदैनन् । यस्तै बीमा कम्पनीको हकमा पनि त्यस्तै व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने अवधि वा ‘पे व्याक पिरियड’ अर्थात् १० वर्षसम्म आफूले जिम्मा लिएको कम्पनीको शेयर बिक्री गरेर नभाग वा अरु लगानीकर्तालाई विचल्लीमा नपार भन्ने मात्रै सरकारको आशय देखिन्छ । ऊर्जामन्त्री भुसालले पनि ऊर्जा उद्यमीको मागबमोजिम नै कार्यदलले प्रतिवेदन तयार पारेको स्पष्ट पारिसकेका छन् ।

    कार्यदलले बुझाएको प्रतिवेदन आगामी दिनका कानुन संशोधनका क्रममा समावेश गर्नका लागि उपयुक्त हुने मन्त्री भुसालको धारणा छ । त्यसो त कम्पनी ऐन तथा अन्य विद्यमान ऐनले पनि शेयर खरिद बिक्रीका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको नै छ ।

    चटौत कार्यदलले तयार पारेको प्रतिवेदनमा जलविद्युत् कम्पनीका संस्थापक शेयर धनीले १० वर्षसम्म आफ्नो शेयर किनबेच गर्न वा धितो राख्न नपाउने व्यवस्था छ । यसका साथै सरकारलाई ३० वर्षपछि कम्पनी हस्तान्तरण गर्दा सुरुका संस्थापक शेयर धनीमध्ये कम्तीमा २० प्रतिशत हुनैपर्ने व्यवस्था छ । यो संस्थागत सुशासनका लागि आवश्यक पर्ने विषय एवं प्रावधान भएको सरकारको बुझाइ छ तर, यही व्यवस्थाका कारण जलविद्युतमा कुनै पनि नेपालीले लगानी गर्न नआउने भन्दै इपानले विरोध गरिरहेको छ । यो व्यवस्था मन्त्रीस्तरीय निर्णयबाटै खारेज हुनुपर्ने आफूहरुको भनाइ रहेको इपानका कार्यसमितिले मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख छ ।

    ऊर्जा मन्त्रालयले केही दिनअघि विज्ञप्ति जारी गरी कार्यदलको प्रतिवेदन तत्काल लागू नहुने स्पष्ट पारिसकेको छ । ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले सचिवस्तरीय निर्णय गरी कार्यदल प्रतिवेदन लागू नगर्न पत्राचार गरिसक्नुभएको छ तर, इपानले भने सोही विषय उठाएर सरकारको आलोचना गरिरहेको छ । इपानको मागबमोजिम नै ल्याइएको अधिकतम क्षमता उपयोग गर्नेसम्बन्धी व्यवस्थामा समेत आपत्ति जनाएका छन् । रासस

      Chitwan Aaja चितवन आज
      शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
      वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा १५ दिने महायज्ञ सुरु
      एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य हुन्न : गगन थापा

      ताजा समाचार

      सबै

      भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

      वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा १५ दिने महायज्ञ सुरु

      एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य हुन्न : गगन थापा

      गुल्मीमा एक भारतीय नागरिकको हत्या, श्रीमान श्रीमती पक्राउ पक्राउ

      तरकारी सडकमा फालेको फोटो फेसबुकमा राख्दै रवि लमिछाने भन्छन् ‘प्रिय चितवन-केही दिनमा भेट्न आउदैछु’

      जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

      चुनौतीपूर्ण अवस्थालाई राष्ट्रिय सहमतिबाट मात्रै अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

      वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

      पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

      तनहुँ जलविद्युत् आयोजानाको सुरुङ बनेपछि निर्माणमा सहज

      सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस

      कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने

      पूर्वसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत

      चालु खर्चमा २० प्रतिशत कटौती गर्न स्थानीय तहलाई परिपत्र

      ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      आज विश्व क्यान्सर दिवस (फोटो फिचर)

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • २.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • ३.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • ४.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ५.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ६.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ७.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ८.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ९.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • १०.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ११.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १२.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      साताको चर्चित

      • १.
        भरतपुरको लङ्कुमा १५ दिने बृहद् महायज्ञ हुँदै, गुरुकुलमा निशुल्क पढ्ने विद्यार्थीको खर्च जुटाउने उद्देश्य

      • २.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • ३.
        फेरि बढ्यो इन्धनको मूल्य

      • ४.
        वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

      • ५.
        पोखरामा बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि २ जना घाइते, अवस्था गम्भीर

      • ६.
        सुर्खेतको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.