Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष ०१, २०८२
☰
Logo मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • ७. चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

  • ८. आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ९. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • १०. चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

विद्यार्थी शून्य भएपछि विद्यालय बाख्राको खोरमा परिणत, तर शिक्षकले वर्षाैंदेखि तलबभत्ता बुझिरहे

मुकेश कुमार यादव
सिरहा, १७ भदौ –

सिरहा नगरपालिका ९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो ।

आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना नभएका यस विद्यालयका पाँचजना शिक्षकले करिब ३ वर्षदेखि नियमित तलब भत्ता खाँदै आइरहेका छन् ।

पाँच कक्षासम्म पढाइ हुने यस आधारभूत विद्यालयमा करिब तीन वर्षदेखि एकजना विद्यार्थीसमेत भर्ना नभए पनि शिकक्षहरूले भने शिक्षा शाखाको मिलेमतोमा घरमै बसेर तलब भत्ता बुझिरहेको स्थानीयको आरोप छ ।

विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ । वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँध्ने गरिएको छ भने विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ । विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने गोठमा परिणत भएको स्थानीय दिपीन चमारले बताए । उनका अनुसार विद्यालयमा पढाई नै नभएपछि स्थानीयहरूले बाख्रा, भैंसी, गोरुहरू विद्यालय परिसरमै बाँधेर राख्ने गरिएको छ ।
विद्यालयमा तीन वर्षदेखि बाख्रा राख्ने गरिएको रामजतन यादव बताउँछन् । विद्यालयमा लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा पनि गुमेको यादवको गुनासो छ ।

विद्यालयका प्रधानाध्यापक श्यामकुमार यालवले अभिभावकहरूले नै विद्यार्थी पठाएपछि विद्यालय खाली भएको बताए । ‘गाउँको बीचमा विद्यालय भए पनि कसैले विद्यार्थी पठाउँदैनन्, दुई वर्ष कोरोनाभाइरसले र यो वर्ष चुनावका कारण विद्यार्थी भर्ना हुन सकेनन्,’ उनले भने ।
उनले पहिला राम्रै विद्यार्थी रहे पनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताए । उनले थपे, ‘अब फेरि चुनाव आउँदैछ, विद्यार्थी भर्ना गर्न सकिँदैन, अब आउने शैक्षिकसत्रबाट मात्र पठनपाठन सुचारु हुन्छ ।’ प्रअ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको दाबी गरे पनि कसैले विद्यार्थी नदिएको बताए ।

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाइ हुन्थ्यो, सय भन्दा बढी विद्यार्थीहरू अध्ययरत थिए । तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयलाई बाख्राको खोर बनाउन हुँदैन भनेर विद्यालय प्रशासनलाई पटक पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै हुँदैन ।’ त्यहाँ कार्यरत शिक्षकसमेत कहिलेकाहीँ विद्यालय आएर हाजिरी गरेर फर्किहाल्ने गरेका छन् ।

तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा

विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा भएको पाइएको छ । चालु शैक्षिकशत्रमा एक जना विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित रुपमा निकासा भएको बुझिएको छ ।

२०७६/०७७ मा विद्यार्थी भर्ना नभए पनि सबैै रकम निकासा भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृत्तिबापत १८ हजार ४००, दलित छात्रवृत्ति ४ हजार ४००, पाठ्यपुस्तकबापत १२ हजार ९८४ रुपैयाँ पठाएको छ ।

२०७५/०७६ मा छात्रा छात्रवृत्तिबापत १३ हजार २००, दलित छात्रवृत्ति १२ हजार र पाठ्यपुस्तकबापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ ।
पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जनाए । अहिले पनि प्रध्यानाध्यकप श्याम कुमार, भुवनेश्वर यादव र सावित्री शर्माको सरुवा भए पनि उनीलगायत ३ जना शिक्षक बसेर तलव खाइरहेका प्रमुख यादवले बताए । उनका अनुसार लामो समयदेखि रहेको विद्यालयको समस्या समाधान गर्ने प्रयास गर्दा पनि सुधार्न सकिएन ।
अघिल्लो शिक्षा समितिले विद्यालय मर्जगर्ने योजना बनाए पनि स्थानीयले नमानेपछि रोकिएको बताउँदै उनले भने, ‘हामीले मर्ज गर्ने योजना बनाएका थियौं, स्थानीयले विद्यालय बन्द भएपछि नयाँ खोल्न समस्या हुने भन्दै रोके ।’

अहिले सबै शिक्षकहरूलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको यादव बताए। उनले शिक्षा समिति गठन नभइसकेकाले केही कामहरू गर्न समय लागेको शाखा प्रमुख यादवले बताए ।

शिक्षकहरूले पढाउनेभन्दा पनि राजनीति गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । स्थानीय अभिभावक ब्रहमदेव यादवले विद्यालयमा नियमित शिक्षक नआउने र आए पनि गफ गरेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाएको बताए।

‘मास्टरहरू पढाउनु हुन्न, एक त विद्यालय नै आउनुहुन्न, आए पनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’ उनले भने, ‘विद्यार्थीले पढाइदिन आग्रह गर्दा पनि शिक्षकहरूले आज पढाइ हुँदैन भनेर विद्यार्थीलाई घर पठाईदिनु हुन्थ्यो ।’

सिरहामा शिक्षा क्षेत्रमा पछिल्लो समय सम्बन्धित् निकायको उदासिन्ताका कारण व्यापक वेथिति मौलाएको पाइन्छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी वालुवामा पानि जस्तै भएको स्थानीयको गुनासो छ । न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा भोजबहादुर खड्काको उमेदवारी घोषणा

ताजा समाचार

सबै

आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा भोजबहादुर खड्काको उमेदवारी घोषणा

मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

मादी नदीमा महिलाको शव फेला

नेकपा एमाले ११ औं महाधिवेशन तेस्रो दिन (तस्बिरहरु)

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार

सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ लाख ६० हजार नाघ्यो सुनको मुल्य

तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री

मकवानपुरमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

निर्वाचन ८० दिन बाँकीः चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६.
    एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech