भदौ १६, चितवन –
नेपाल पत्रकार महासंघको केन्द्रीय संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ भएकाले यस अघि भएको ९कृष्ण प्र भट्टराई भनिएको त्रुटि सच्याउन माग गर्दै फोनिज चितवनले पत्रकार महासंघ जिल्ला साखा चितवन मार्फत केन्द्रमा ज्ञापनपत्र पठाइएको छ । ज्ञापनपत्र फोनिज चितवनका अध्यक्ष रमेश राना मगरको नेतृत्वमा गएको टिमले महासंघका अध्यक्ष नारायण प्र अधिकारिलाई बुझाएका हुन ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष अधिकारिले फोनिज चितवनको ज्ञापनपत्र आजै केन्द्रमा पठाउने बताउनुभयो ।
कार्यक्रममा फोनिजका उपाध्यक्ष तुलमान गुरुङ, सचिब उर्गेन तामाङ, सदस्य बबिलाल तामाङ, सुनिल श्रेष्ठ, आसिक राना, रामकृष्ण गुरौको उपस्थिती थियो ।
फोनिज संघीय समितिको निर्णय अनुसार आज देशैभरको फोनिज जिल्ला शाखाले एकैपटक पत्रकार महासंघलाई त्रुटि सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।















