Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

बलात्कारबाट जन्मिएका छोराले २८ वर्षपछि आमालाई न्याय दिलाए !

नयाँ दिल्ली, १६ भदौ –

दुई दाजुभाइको बारम्बार बलात्कारपछि वर्षौदेखि अन्यायमा परेकी भारतीय महिला छोराको पहलमा न्याय पाउने आशामा छिन् । बलात्कारीबाट जन्मिएको छोराले उनलाई न्याय दिलाउन सहयोग गरिरहेका छन् । भारतको उत्तर प्रदेशकी ती महिला १२ वर्षकी हुँदा ६ महिनासम्म दुई पुरुषको बलात्कारको शिकार भएकी थिइन् ।

बीबीसीका अनुसार जन्मेको केही समयपछि धर्मपुत्रको लागि छोडिएको उनको छोरा १३ वर्षपछि उनलाई फिर्ता गरिएको थियो । उनै छोराले अहिले बलात्कारीविरुद्ध मुद्दा दायर गर्न आमालाई प्रोत्साहित गरे । केही दिनअघि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको थियो भने दोस्रो व्यक्तिलाई पनि हिरासतमा लिएको थियो । ‘घटना धेरै पुरानो हो, तर यसका कारण लागेको मानसिक चोट अझै निको भएको छैन’, महिलाले भनिन् ‘यसले मेरो जीवनलाई तहसनहस बनाएको छ । ’

‘मेरो हृदयमा आतंक फैलाए’
उत्तर प्रदेशकी ती महिला सन् १९९४ मा शाजपुर सहरमा बलात्कार भएको बताउँछिन् । आरोपित मोहम्मद राजी र उनका भाइ नाकी हसन छिमेकमा बस्ने र एक्लै हुँदा घरको पर्खालबाट हाम फालेर कुटपिट गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मात्रै गर्भवती भएको थाहा भयो । बहिनीले डाक्टरकहाँ लगिन । चिकित्सकले उनको कमजोर स्वास्थ्यका कारण गर्भपतन नगर्न सुझाव दिए । शिशु जन्मिएपछि धर्मपुत्रको लागि छोडियो । ‘शिशुका कारण मैले धेरै दुःख भोगेँ । तर, उसको अनुहार हेर्ने मौका पनि पाइनँ ’ उनले भनिन् ।

त्यतिबेला डरका कारण पीडित महिला र उनको परिवारले प्रहरीमा उजुरी दर्ता गरेनन् । ‘मैले बलात्कारको बारेमा कसैलाई भनेँ भने मेरो परिवारलाई मार्ने र हाम्रो घरमा आगो लगाउने धम्की दिए’, उनले भनिन्, ‘मैले स्कुल छोडेँ । पढ्न सकिन । ’

आफ्नो अघिल्लो घरसँग जोडिएको पीडादायी सम्झनाबाट बच्न महिला र उनको परिवार रामपुर जिल्लामा सरे । सन् २००० उनले विवाह गरिन र दोस्रो सन्तान जन्माइन् । यो नयाँ अध्यायले विगतका पीडा बिर्सन मद्दत गर्ने उनको आशा थियो । तर, विवाह भएको ६ वर्ष नबित्दै श्रीमानले बलात्कार भएको थाहा पाए । अनि उनैलाई दोष लगाए । छोरासहित घरबाट निकालेपछि उनी आफ्नी बहिनी र परिवारसँग बस्न गइन् ।

सत्यका लागि छोराको खोजी
धर्मपुत्रको लागि छोडिएको उनको पहिलो छोराले पहिचानको कारण सामाजिक विभेद सामना गर्नुपर्‍योे । आफूलाई धर्मपुत्र बनाएको थाहा पाए । अन्ततः १३ वर्षपछि धर्म आमाबुवाले उनलाई वास्तविक आमाको जिम्मा लगाइदिए । तर, छोरा आफ्नो बुबा को हो भनेर जान्न चाहन्थे । किनकी उनको कुनै थर थिए । भारतमा सामान्यतया बुबाको थर लेख्ने चलन छ । यही कारण उनी विद्यालयमा हाँसोको पात्र बने ।

उनले आफ्नो बाबुको बारेमा आमालाई लगातार प्रश्न सोध्थे र जवाफ नपाउँदा दुःखी हुन्थे । छोराले पहिचानविहीन जीवन बाँच्न नसक्ने’ र आफ्नो बुबाको नाम खुलासा नगरे आत्महत्या गर्ने धम्की दिएका थिए ।

प्रश्न सोधेकोमा सुरुमा उनले गाली गर्थिन । अन्ततः उनी वास्तविक खोल्न बाध्य भइन् । वास्तविकता सुनेपछि छोरा उनको सबैभन्दा ठूलो सहयोगी बने ।
छोराको प्रोत्साहनपछि महिलाले सन् २०२० मा शाजपुरमा पुनः भ्रमण गरिन । तर, आरोपीविरुद्ध मुद्दा दर्ता गर्न गाह्रो भयो । उजुरी धेरै पुरानो भएकोले प्रहरीले दर्ता गर्न मानेन ।

एक जना वकिलसँग पुगिन्। झन्डै तीन दशक पुरानो मुद्दा लड्न गाह्रो हुने भन्दै वकिल सहयोग गर्न अनिच्छुक देखिए । ‘तीन दशकअघि तपाइँ बलात्कृत भएको थियो भनेर कसरी प्रमाणित गर्नुहुन्छ?’ उनका वकिलले उल्टै प्रश्न सोधे ।

बाल्यकालमा उनी बसेको क्षेत्र चिन्नै नसक्ने गरी परिवर्तन भएको थियो । उनले आफ्नो पुरानो घर पनि फेला पार्न सकिनन् । आरोपितको पत्तै भएन ।

प्रमाण र पक्राउ
फेब्रुवरीमा गरिएको डीएनए परीक्षणबाट अहिले प्रमाण भेटिएको प्रहरीले जनाएको छ । शाजपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, ‘यो घटना एकदमै अप्रत्याशित थियो । महिलाले अगाडि आएर मुद्दा दायर गर्दा हामी छक्क पर्‍यौँ ।’ प्रहरीले लगत्तै उनको छोराको डीएनए नमूना लिएको थियो ।
विगत एक वर्षदेखि उक्त घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, ‘हामीले अभियुक्तको डीएनए नमूना संकलन गरी परीक्षण गर्दा एक जना आरोपितसँग छोराको डीएनए मिलेको छ ।’

३१ जुलाईमा एकजना अभियुक्त पक्राउ परेका थिए र ३ साताअघि प्रहरीले दोस्रो व्यक्तिलाई पनि हिरासतमा राखेकोे थियो । आफूमाथि लागेको आरोपबारे अभियुक्तहरुले केही भनेका छैनन् ।

भारतमा वर्षेनी हजारौँ बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक हुन्छन् । बीबीसीका अनुसार सन् २०२० मा बालबालिकाको संरक्षण ऐन (पोक्सो)अन्तर्गत ४७ हजार मुद्दा दर्ता गरिएको थियो । तर, बलात्कारबारे धेरै मुद्दा दायर नगरिएको हुन सक्ने अभियानकर्ता बताउँछन् । एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मेयर बालेनले आज राजीनामा नदिने
राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा
राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित

ताजा समाचार

सबै

मेयर बालेनले आज राजीनामा नदिने

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.