चितवन, भदौ १३ –
चितवनको कालिका नगरपालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
लालिगुरांस टोल विकास संस्था कालिका नगरपालिका– १, गडुवाको आयोजनामा विजयदशमी– २०७९ को उपलक्ष्यमा प्रतियोगिता हुन लागेको हो ।
असोज १ गतेदेखि हुने प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको आयोजकले जनाएको छ । चितवन जिल्ला भरीका इच्छुक फुटबल टिमहरुलाई दर्ता गराउन आयोजकले आग्रह गरेको ।
कार्यक्रम संयोजक जीवन थापामगरका अनुसार दर्ता गर्ने अन्तिम मिति यही भदौ २६ गते साँझ ५ बजेसम्म रहेको छ । दर्ता शुल्क १० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ भने द्धित्तीय पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।