Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

तीज : बिलाउँदै संस्कृति, मौलाउँदै विकृति

– पूजा परियार
चितवन, भदौ १२-
महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन अर्थात् भोली भदौ १३ गते दर खाइँदै छ ।

भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन हो । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने चलन रहिआएको छ ।

तर, पछिल्लो केही बर्षहरुमा यो चलन बिलाउँदै गएको पाइएको छ भने हरेक बर्ष नयाँ ‘ट्रेन्ड’ बन्दै गइरहेको छ ।

अहिले तीज आउन एकमहिना अघिदेखि नै दर खाने चलन छ, त्यो पनि मंहगा पार्टी प्यालेसमा । त्यसैले तीज, बिलाउँदै संस्कृति, मौलाउँदै विकृति बनेको छ भन्दा दुई मत नहोला ।

दर : पहिले घिउमा पकाएको अनादीको ‘लट्टे’ अहिले ‘दारु’

पहिले घिउमा पकाएको अनादी चालमको भात अर्थात् लट्टे, खिर, हलुवा, काँक्रो तथा करेलाको अचार, मासु, दुध, घिउ, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने चलन थियो ।

घरमा भएका चेली तथा विवाह भएका छोरीचेलीहरुलाई माइत, मावलीघरमा बोलाएर एकै ठाउँमा भेला भई रमाइलो गर्दै खाने गरिन्थ्यो । तर, समयसँगै यो चलन र मौलिकता पनि फेरिदै गएको छ ।

अहिले मंहगा पार्टी प्यालेसहरुमा दर खाने गरेको पाइएको छ । विभिन्न समुह होस् वा पारिवारिक समुह पार्टी प्यालेसमै गएर दर खानेहरु तीज अघिको एक महिना देखि नै भेटिन्छन् ।

दरको परिकारमा आजभोलि पुलाउ, मासुका विभिन्न परिकार, धेरै थरिका तरकारी, फलफुल, कोल्ड ड्रिङस पर्दछन् ।

अनि यी सबै खानेकुराको बीचमा हुन्छ ‘दारु’ अर्थात् रक्सी । विभिन्न ब्राण्डका महंगो रक्सी पनि तीजको दरको रुपमा पछिल्लो समय सामेल भएको पाइएको छ ।

हुन त आफूलाई मन लागेको लाउन पाउनु, खान पाउनु, हिड्नु, लेख्न, पढ्न, पुरुषसरह काम गर्न पाउनु, आफ्नो निर्णय आफै गर्न पाउनु स्वतन्त्रता हो पनि भन्नुहोला तर, स्वतन्त्रताको नाममा विकृति नै फैलाउने काम गर्नु पनि त भएन नी हैन ।

विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो पति पाउँ भन्दै ब्रत बस्ने प्रचलनसँग जोडिएको तीज पर्वमा देखासिखी गर्ने प्रवृति पनि बढ्दो छ ।

आफ्नो हैसियतलाई एकातिर लुकाएर अरुलाई देखाउनकै लागि भए पनि राम्रो लाउने, मंहगा ठाउँमा दर खाने कार्यक्रम आयोजना गर्ने, आवश्यक भन्दा बढी तकडभडक गर्ने, फेशनेबल बन्ने लगायतका कारणले पनि तीज विकृत हुन पुगेको छ ।

सामाजिक सञ्जाल पहिलो प्राथमिकता :

आमाको माया, मिलन विछोड, श्रीमानको माया, घरपरिवार, पिडा, वेदना साटासाट गर्ने महिलाहरुको सबैभन्दा प्रिय पर्व हो तीज ।

तर पछिल्लो बर्षहरुमा तीजको मौलिकता, साँस्कृतिक महत्व, भगवान प्रतिको आस्थाभन्दा माथि सामाजिक सञ्जाललाई मुख्य प्राथमिकतामा राखेको पाइन्छ ।

तीजको लागि नयाँ साडी किनेको होस् वा श्रीमान्ले सपिङका लागि पैसा नदिएको गुनासो होस्, दर खान जाँदा लाएको कपडा, गहना होस् वा तयार हुँदा पार्लरको भिडियो होस् सबैभन्दा पहिले सामाजिक सञ्जालमा राख्ने गरिएको छ ।

अनि ब्रत बसेर पूजा गर्दा, भगवानको मुर्तिमा पूजा गर्दा होस्, जल चढाउँदा होस् वा बेल पत्र अर्पण गर्दा भिडियो खिचेर देखाउनु नै पर्ने, यो कस्तो चलन हो ।

त्यतिमात्रै नभएर दर खानुभन्दा अघि खानाका परिकारहरुको भिडियो, फोटो पोष्ट्याउन हतारो हुन्छ, भलै खाना समयमा नखाएर स्वादमा परिर्वतन किन नआओस् तर फोटो भिडियो भने छुट्नुभएन् ।

त्यसैले त यदि कसैको बारेमा जानकारी लिनु छ भने आजभोली सामाजिक सञ्जाल चलाए हुन्छ किनकी टिकटक, फेसबुक, इन्स्टाग्राम  लगायतका सामाजिक सञ्जालमा सबै कुरा पोष्ट जो भएको हुन्छ ।

सामाजिक सञ्जाललाई यसरी प्राथमिकता दिँदा आफूलाई नै महत्व दिन बिर्सेको छैनौं र ?

जमाना ‘भाइरल’ को
आफ्नाहरुसँग रमाइलो गरी मनाइने तीज पर्वलाई पनि भाइरलले छोएको छ । तीजमा लगाउने भाइरल सारीदेखि चुरा भाइरल, डोरी भाइरल, चप्पल भाइरल सबै भाइरल ।

त्यत्तिमात्रै कहाँ होर टिकटक भिडियो समेत भाइरल । १५ सकेन्डदेखि ३ मिनेटको भिडियो बनाएर भाइरल बन्नका लागि हजारौं रुपैयाँ खर्च गर्नेहरुको पनि कमी छैन् ।

पहिलेका तीजका गीतमा पीडा हुन्थे, सचेतनाका कुरा हुन्थे । तर अहिले तीजका गीत कतिपय सुन्नै नसकिने खालको छन् । नेपाली मात्रै नभएर हिन्दी गीतमा नाच्दै तीज मनाउनेहरु पनि बढ्दै छन् ।

जसलाई नजिकबाट त के परिवारका सबै जना बसेर भिडियो हेर्न समेत अहसज हुन्छ । आधा शरीर मात्रै ढाकिने कपडा, उत्ताउलो नाचले तीजलाई असभ्य समेत बनाएको छ । के यसरी चाडपर्व बनाएर भाइरल बन्न जरुरी छ र ?

दर पार्टीमा नाच्दा ‘चरी जेलैमा’ भन्ने गीतमा नाच्ने अनि स्वतन्त्रता यति की हातमा बियर-वाइनका बोत्तल/कप हुन्छ ।  यसरी नाच्दा, सामाजिक सञ्जालमा राख्दा चाहिँ के हामी नारीहरुले स्वतन्त्रताको परिचय दिएका हौं र ।

ए साँच्ची अहिले ट्रेन्डमा ‘काला चस्मा’ बोलको हिन्दी गीत पो छ त, जहाँ जाने पनि नजाने पनि अर्कोको सिको गरेर, नभाँचिएको कम्मर पनि भाँच्नु परेको छ । सारी माथि तानीतानी नाच्नु परेको छ । सायद जमाना ‘भाइरल’ को भनेको यही होला ।

समय बलवान छ, बदलिँदो  पनि छ हामी पनि समयको वेगसँगै बदलिन र अघि बढ्न जरुरी पनि छ । तर, समयको, आधुनिकताको आडमा आफूलाई यत्ति धेरै परिर्वतन गरेर, सबैका सामु छरप्रष्ट पार्न जरुरी छ र ?

हाम्रा चाडपर्वलाई हामीले जसरी चाह्यो त्यसरी मनाउन पक्कै सक्छौं ।

तर, हाम्रा कारणले समाजमा के कस्ता असर परिरहेको छ भन्ने हेक्का राख्नुपर्छ । हुनेलाई हरदिन चाड हुन्छ, नहुनेलाई बर्षमा एक दिन आउने चाड पनि मन अमिलो बनाउनुपर्ने कारण नबनाऔं । सम्पूर्ण नेपाली हिन्दु नारीहरुमा हरितालिका तीजको शुभकामना । ह्याप्पी तीज ।

Chitwan Aaja चितवन आज
आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.