Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • १०. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

भक्तजनको आस्थाको केन्द्र बन्दै ‘छाब्दी बाराही’

तनहुँ, भदौ १०-
तनहुँको प्रसिद्व धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा भक्तजनको आस्था बढ्दै गएको पाइन्छ । मनले आँटेको र चिताएको मनोकाङ्क्ष पूरा भएपछि भाकल बुझाउन भक्तजनको दैनिक मन्दिरमा भीड लाग्ने गरेको छ ।

पोखराबाट बुधबार भाकल बुझाउन आउनुभएकी दुर्गा गौतमले मनले मागेको मनोकाङ्क्षा पूरा भएपछि देवीलाई भाकल बुझाउन मन्दिर आएको बताए । “पहिलो पटक छाब्दी बाराही मन्दिरमा आएको हुँ”, उनले भने, “छोराको राम्रो होस् भनी मनैदेखि कामना गरेकोमा पूरा भएपछि खुसीले बोका पाठो ल्याएर भाकल बुझाउन आएका हौं ।”

सदरमुकाम दमौली बजारदेखि करिब सात किलोमिटर पूर्वमा छाब्दी बाराही मन्दिर अवस्थित छ । दमौलीदेखि छाब्दी मन्दिरसम्म नै सडक कालोपत्रे गरिएकाले बसको यात्रामा करिब २० मिनेटमा सहजै मन्दिरसम्म पुग्न सकिन्छ ।

उक्त मन्दिर व्यास नगरपालिका–१४ मा पर्दछ । विभिन्न जिल्लाबाट भक्तजन छाब्दी बाराही मन्दिरमा पूजाअर्चना र भाकल बुझाउन आउने गर्दछन् । पृथ्वी राजमार्गदेखि नजिक दूरीमा छाब्दी बाराही मन्दिर पर्ने भएकाले पोखरा–काठमाडौँ यात्रा गर्ने यात्रुका लागि गन्तव्यस्थल बन्दै गएको छ ।

शनिबारको दिन एक हजारभन्दा बढी भक्तजन आउने गरेको छाब्दी बाराही मन्दिरका मुख्य पुजारी चोलबहादुर आलेले जानकारी दिए । उक्त दिन चारदेखि पाँच जना र अन्य दिनमा दुई पुजारीले पूजापाठ र बलि चढाउने कार्य गर्ने उनले बताए ।

आधा रुप देवी र आधा रुप मत्स्यका रुपमा छाब्दी बाराही देवीलाई लिइन्छ । उहाँले भन्नुभयो “मन्दिर परिसरमा रहेका माछा देवीका अवतारका रुपमा मानिन्छन् ।”

सुरुमा खरको छानोबाट सुरु भएको उक्त मन्दिर क्षेत्रमा अहिले पक्की भौतिक संरचना निर्माण गरिएको छ ।

भक्तजनका लागि लाइनमा बस्ने व्यवस्था, वनभोजस्थल र बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थल व्यवस्थित गरिएको छ ।

कुखुरा सफाइ गर्दा रु एक सय र बोकाको रु पाँच सय शुल्क व्यवस्था गरिएको छ । दान, दक्षिणा र भेटीबाट सङ्कलन भएको रकमले मन्दिर परिसरमा भौतिक संरचना निर्माण कार्य गर्दै आएको जनाइएको छ ।

मन्दिर परिसरमा करिब रु स्रोह लाखको लागतमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्ण कदको मूर्ति निर्माण गरिएको अर्का पुजारी डोलबहादुर आलेले जानकारी दिए ।

वाइके पाण्डेको एकल लगानीमा पुरानो कुण्डलमा मन्दिर निर्माण गरिएको छ । त्यहाँ बिहान बेलुकाको समयमा पुजारीले नित्य पूजा गर्ने प्रचलन रहेको छ ।

सुरुमा जरसिं आलेले छाब्दी देवीलाई प्रत्यक्ष भेट गरेको किंवदन्ती छ ।

दैनिक गोठालो जाँदा हालको छाब्दी खोला र कुण्डलमा माछा मार्दै आएका आलेलाई एकदिन साँझ पख गोठको छेउमा आगो तापिरहेको अवस्थामा कलकलाउँदो एक बालिकाको भेषमा बास खोज्न पुगेको बताइएको छ ।

गोठाला आलेले खानेकुरा नभएको र बिहानको बासी भात रहेकाले गाई दूध खाएर बास बस्न आग्रह गरेको किंवदन्ती सुन्न सकिन्छ । साँझ झमक्क पर्दै गएकाले सानो मान्छे कहीँकतै नजान र आफ्नै घरमा बास बस्न आलेले आग्रह गरेको कुरा अहिले पनि सुन्न सकिन्छ ।

केही समयपछि म कुण्डलमा बस्छु, मलाई धुपधुमार गरेर पुज्नू भनेर दुई कदम पछाडि फर्केर बालीका बिलिन भएपछि आले झसङ्ग हुँदै निद्राबाट ब्युँझेजस्तो भएको आलेका अहिलेका नयाँ पुस्ताका व्यक्ति बताउँछन् ।

भोलिपल्ट बिहानै उक्त कुण्डमा गई हेर्दा सुन रङको माछा ढुङ्गामा बेरिएर रहेको अवस्थामा देखेपछि अचम्म हुँदै एकाएक बिलिन भएपछि कुण्डलमा रहेका स–साना ढुङ्गा पनि पल्टाएर खोज्ने क्रममा ढुङ्गा पल्टाउनसमेत नसकेपछि देवीको शक्ति रहेछ भनी पूजाअर्चना गर्न थालेको आलेका पुस्ता बताउँछन् ।

सोही दिनदेखि छाब्दी बाराही मन्दिरमा मगर जातिका व्यक्तिले पूजाअर्चना गर्दै आएको बताइएको छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.