काठमाडौं, भदौ १०-
आजदेखि नेपाली कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ ।
आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो ।
अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।
अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।