काठमाडौं, भदौ ९-
काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।
महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।
मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघले आपतकालीन बैठक बस्ने तयारी समेत गरेको छ ।