डोटी, भदौ ९-
डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको गएराति ज्यान गएको हो ।
स्वास्थ्यकर्मी समेत रहेकी खडायत सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी थिइन् ।
उनले मृत बच्चा जन्माएकी थिइन् । तर बच्चा जन्मिएपछि उच्च रक्तश्राव हुँदा उनको ज्यान गएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिए ।
खडायत गिरिचौका स्वास्थ्य चौकीमा अनमीका रुपमा कार्यरत थिइन् ।








