काठमाडौ, भदौ ९-
नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउने छ ।
यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ ।
एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ ।
बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्ने बताइएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








