Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत २५, २०८२
☰
Logo बुधबार, चैत २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ९. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • १०. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार

काठमाडौं, ८ भदौ –

भनिन्छ युवा देशका पौरख हुन् । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ । आर्थिक रूपान्तरणको बाटो खुल्छ । नेपालको सन्दर्भमा भने रोजगारीका लागी वर्षेनी हजारौँ युवा विदेश पलायन हुने गरेका छन् । उनीहरू जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालमा पर्याप्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना नहुनु, लगानी मैत्री वातावरण अनुकूल नहुनु, राजनीतिक अस्थिरताका कारण ठूलो संख्यामा युवा विदेश जान बाध्य छन् ।

स्वदेशमा विभिन्न समस्याहरूका बीचमा पनि धेरै युवाहरू नयाँ–नयाँ विकल्पको खोज र उद्यमशीलतातिर अग्रसर भएका देखिन्छन् । सम्भावनाहरूलाई सम्भव बनाउने लामो दौडमा इन्जिनियर चन्द्रदिप जोशी दौडिरहेका छन् । स्वदेशमै स-साना अवसरहरूलाई सदुपयोग गरेर आफ्नो आम्दानीसँगै रोजगारीको अवसर सिर्जना गर्ने सके मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने कुरालाई जोड दिने इन्जिनियर जोशी विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । न्यु प्लानेट इन्जिनियरिङ्ग सर्भिसेज प्रालि, उज्यालो विजनेश ग्रुप प्रालि र जोशी ग्रुप विल्डर्स एण्ड सप्लायर्स प्रालि उनका मुख्य व्यवसाय हुन् । तुलसीधर शर्मा जोशी र नर्मदादेवी जोशीको कोखबाट उनको डोटी स्थित बड्डिकेदार गाउँपालिकाको रोमायालमा जन्म भयो । उनी ३ महिनाको हुँदा आमा बुवासँगै बसाई सरेर कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा आए ।

बाल्यकाल मसुरियामा बिताएका चन्द्रदिपले विभिन्न ठाउँ र समुदायका मानिससँग बिताउन पाए । तराईको विशेषता नै यो हुन्छ कि त्यहाँ विभिन्न समुदायका मानिसहरू बस्छन् र फरक–फरक रीति संस्कृति साटासाट गर्न पाउँछन् । थारु समुदाय र अधिकांश थारु समुदायका साथीहरूको संगत गरेका जोशी थारु भाषा गर्वका साथ बोल्छन् । एसएलसीसम्मको अध्ययन उनले मसुरीयामै रहेको जनप्रिय उच्च माविबाट गरे । इन्जिनियर बन्ने सपना बुनेका युवा व्यवसायी जोशीले प्रवीणता प्रमाण पत्रको अध्ययन भने सदरमुकाम धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनबाट गरे । इन्जिनियरिङ्ग पढ्न काठमाडौं आएका उनले क्याथफोर्ड इन्टरनेशनल कलेजबाट सिभिल इन्जिनियरिङ्ग पास गरे ।

इन्जिनियरिङ्गको अध्ययन गर्दा गदै काठमाडौंको बसाइँले उनको मनलाई व्यापार व्यवसायले तानिरहेको थियो । उनी सम्झन्छन्, ‘मैले पढाई इन्जिनियरिङ्ग गरिरहेको भए पनि मनमा भने म व्यवसायतिर नै लाग्नुपर्छ भन्ने थियो ।’ पढाइमा सानैदेखि अब्बल रहेका जोशीले राम्रै अंक ल्याएर इन्जिनियरिङ्ग पास गरे । पछि उनका बुबाको चाहाना थियो, छोरोले सरकारी जागिर खाओस् । तर चन्द्रदिपको मन भने लोकसेवा भन्दा पनि व्यवसायमा थियो ।

वि.सं. २०७१ सालमा न्यु प्लानेट इन्जिनियरिङ्ग सर्भिसेज प्रालि नामक कम्पनी स्थापना गरेर उनले आफ्नो व्यवसायको सुरुवात गरे । सिभिल इन्जिनियरिङ्ग सम्बन्धी कार्यहरूको परामर्शदाताका रूपमा कामको सुरुवात गरेका उनले आफ्नो कम्पनीलाई उत्कृष्ट परामर्श दाताको रूपमा चिनाउन सफल भएका छन् । ‘हामी गुणस्तरमा विश्वास गर्छौ, त्यसैले पहिलो प्राथमिकता भनेकै काम अनि गुणस्तर नै हो,’ जोशी भन्छन् । सधैँ केही न केही नयाँ गर्ने हुटहुटी लागिरहेने चन्द्रदिपलाई फेरि नयाँ व्यवसाय सुरु गर्ने इच्छा जाग्यो । जसको नाम जुराए उज्यालो बिजनेस ग्रुप ।

उज्यालोमा केही साथीहरूलाई समेटेर उनले डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गरे । पेप्सीकोलामा एउटै कम्पाउन्ड भित्र मार्ट र रेस्टुरेन्ट सञ्चालन गरिरहेका चन्द्रदिपको आफ्नो ब्रान्डलाई देशव्यापी बनाउने दीर्घकालीन योजना छ । मार्ट र रेस्टुरेन्टमा सुदूरपश्चिमका उत्पादन र परिकारहरूलाई पनि विशेष प्राथमिकतामा राखिएका छन् । ‘हामीले मार्टमा सुदूरपश्चिमका उत्पादनहरू जोरायली वास्मती चामल, अदुवा, लसुन, जुम्लामा उत्पादन हुने खाद्यान्न लगायतका सामाग्रीहरू राखेका छौ’, उनले भने ।

उनका बुबा पूर्व गाविस सचिव हुन् । त्यसैले पनि होला छोरो पनि सरकारी जागिरे होस् भन्ने बुवाको चाहाना थियो । छोराको चाहाना सरकारी जागिरमा छैन भन्ने बुझेपछि उनका बुबा केही समय चन्द्रदिपसँग रिसाए । उनी भन्छन्, ‘सुरुमा बुबा पनि केही समय रिसाउनुभयो तर अहिले भने खुसी हुनुहुन्छ ।’ देशमा केही उद्यम गरेर रोजगारीको सिर्जना गर्ने उद्देश्य उनको थियो ।

उनी भन्छन्, ‘हामीले देशबाट मात्रै धेरै आशा गर्ने भन्दा पनि आफूहरूले पनि सकेको योगदान गर्नुपर्छ ।’ उनी समाजमा केही नवीन योगदान गर्दै आफ्नो बाटो आफैँ बनाउन चाहन्थे । सुरुवात दिन भने उनले सोचे जस्ता थिएनन् । सामान्य परिवारका चन्द्रदिप पारिवारिक रूपमा लगानी गर्न सक्ने अवस्था पनि थिएन । तर निरन्तर मिहिनेत र लगानी जुटाउँदै आफ्नो सपना पुरा गर्न भने उनी तल्लीन रहिरहे । जसको प्रतिफल उनले पाएका पनि छन् । ३० वर्षकै उमेरमा करोडौँको कारोबार गर्न सफल भएका छन् चन्द्रदिप । उहिले उज्यालो उनको ३ करोड भन्दा बढी लगानीमा सञ्चालन छ । न्यु प्लानेटको सम्पत्ति १० करोड भन्दा माथि रहेको उनी बत्ताउँछन् ।

जोशी ग्रुप विल्डर्स एण्ड सप्लायर्स प्रालिको पनि उनी नेतृत्व गरिरहेका छन् । उनले ३५ जनालाई रोजगार दिएका छन् । रोजगारीको अवसर सिर्जना गर्न सकेकोमा उनी आफ्नो सफलता ठान्छन् । चन्द्रदिपलाई व्यवसायमा मात्रै होइन सामाजिक क्षेत्रमा पनि काम गर्ने त्यत्तिकै रुचि छ । विभिन्न बालआश्रम, बृद्धाआश्रम लगायत गरिब, दिन दुखीहरूलाई चन्द्रदिपले निस्वार्थ भावनाले सहयोग गरिरहेका हुन्छन् । ‘म व्यवसायमा निरन्तर लागिरहे र सफलता पाएभने मेरो एउटा ड्रिम प्रोजेक्ट छ,’ चन्द्रदिप सुनाउँछन् ।

कैलालीमा निःशुल्क रूपमा सेवा दिन सकिने क्यान्सर अस्पतालको स्थापना गर्ने उनले ठूलो सपना बोकेका छन् । उनकी दुई आमा हुन् । पहिलो श्रीमतीबाट सन्तान नजन्मिएपछि उनका बुबाले दोस्रो विवाह गरे । दोस्रो आमाबाट जोशीको जन्म भयो । जोशी दम्पतीका उनी एक्ला सन्तान हुन् । उनकी पहिलो आमा हिरादेवी जोशीको पाठेघरको क्यान्सरका कारण मृत्यु भयो । अन्तिम अवस्थामा क्यान्सर भएको पत्ता लागेका कारण बचाउन सकिएन । आमालाई बचाउन नसकेको पिडाले उनलाई बेला बेलामा झस्काइरहन्छ । त्यसैले उनमा क्यान्सर पीडितको उपचारका लागी निःशुल्क उपचार गर्न सकिने अस्पतालको स्थापना गर्ने सोच आएको रहेछ ।

कोरोना महामारीको समयमा उज्यालो बिजनेस ग्रुपले धेरै दिन सम्म प्रत्येक दिन ३ सय जनालाई पशुपति क्षेत्रमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको थियो । व्यवसायमा नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व वहन गर्नु पनि आफ्नो जिम्मेवारी रहेको उनी बत्ताउँछन् ।

राज्यले लगानी मैत्री वातावरण सिर्जना गर्न नसकेकोप्रति भने उनको गुनासो छ । दीर्घकालीन युवा लक्षित कार्यक्रमहरू मार्फत सरकारले पर्याप्त रोजगारीको सिर्जना गर्नु पर्नेमा जोशी जोड दिन्छन् । सम्पूर्ण कुराहरूमा राज्यको नै भर नपर्नु पर्ने तर राज्यले सहयोगीको भूमिका चाहिँ खेल्नु पर्ने उनको तर्क छ । ‘दृढ इच्छा शक्ति बोकेर निरन्तर मिहिनेत गर्ने हो भने कुनै पनि काममा सफलता हासिल गर्ने सकिन्छ,’ उनी थप्छन्, ‘आफ्नो काम र पेसा प्रति इमानदार हुन पनि त्यत्ति नै जरुरी हुन्छ ।’

Chitwan Aaja चितवन आज
बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

ताजा समाचार

सबै

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

प्रतिनिधिसभाः सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध

प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

नारायणी नदीमा पर्यटन काव्य उत्सव

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

एकैदिन तोलामा ७२ सयले बढ्यो सुन

चितवनको खैरहनी नगरपालिकाद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

देवचुली–१५ मा निःशुल्क स्वास्थ्य तथा क्यान्सर सचेतना शिविर सम्पन्न, ३०० भन्दा बढी लाभान्वित

मुग्लिन–मलेखु सडकखण्डः छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर घोप्टे भिरको भित्तो काटियो

घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.