दाङ, भदौ ६ –
प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटना भएको हो ।
घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।
घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइतेको अवस्था सामान्य छ ।
गाडी सडकबाट करीव २० मिटर तल खसेको छ । गाडीमा चालक सहित १४ जना सवार थिए । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको खुलेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








