Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत १३, २०८२
☰
Logo शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

सहवासमा परस्त्रीको नाम सुनेपछि श्रीमतीले गरिन् श्रीमानको हत्या

काठमाडौं, भदौ ६-
जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्‍यो।

हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका(५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको रहेछ।

शवको पहिचान खुलेपछि प्रहरीले हत्याराको खोजी सुरु गर्‍यो। हत्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृतककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृत्युका शोक थियो न सुर्ता।

त्यै पनि प्रहरीले अनुसन्धानलाई अरु नै कोणबाट अगाडि बढायो। टाउको छिनाएको अवस्थामा विभत्स शव भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए।

जिल्ला प्रहरी कार्यालयमा यस अघि कार्यरत रहेर सरुवा भैसकेको इन्सपेक्टर हेम भण्डारी पनि बागलुङ आएको बखत परेकाले त्यो घटनास्थलतर्फ गए। जिल्ला प्रहरी कार्यालय बागलुङमा हत्या आरोपी सार्वजनिक गर्न आईतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा हत्या बारेमा जे तथ्यहरु सार्वजनिक गर्‍यो, त्यो धेरैलाई झस्काउने खालको छ।

प्रहरीले विकको हत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो। प्रहरीका अनुसार मृतक विक साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए।

विदेश जानका लागि अप्लाई गर्न काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरुसहित मदिरा सेवा गर्न आफू बस्दै आएको घर भन्दा ५ सय मिटर परको भट्टी पसलमा गए।

आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए।

मृतक विकको गोजीमा साढे दुई सय रुपैयाँ मात्रै पैसा थियो। रक्सी पिउन रकम अपुग भएपछि उनी घर फर्के र श्रीमतीसँग भएको ५० रुपैयाँ र सालीसँंग भएको एक सय रुपैयाँ गरी एक सय ५० रुपैयाँ लिएर फेरी भट्टी पसल पुगे।

दिउँसो ८ जनाले संगै मदिरा सेवन गरे पनि साँझ ढल्दै गर्दा सबै एक एक गर्दै आफ्नो बाटो लागे। साँझको ८ बजेको सेरोफेरोमा मृतक विक र अर्का एक जना मात्रैे थिए। मदिरा पिउने पैसा सकिएपछि उनीहरु पनि त्यहाँबाट निस्केर आफ्नो घरतर्फ लागे।

तुलबहादुरले भोलिपल्ट ढोरपाटन मेला हेर्न जाने कुरा साथीहरुँंग गरेका थिए। तर उनी त्यही रातिबाट वेपत्ता थिए। प्रहरीले अनुसन्धान अगाडि बढाउँदा मृतककी श्रीमतीले विक ढोरपाटन जान्छु भनेर निस्किएको भनेर बयान दिएपछि प्रहरीले श्रीमतीतर्फ आशंका गरेन।

अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै लैजाने क्रममा प्रहरीले मृतक विकको कल डिटेल र फेसबुक डिटेल चेक ग¥यो। कल डिटेल र फेसबुक डिटेल चेक गर्दा विकको अन्य थुप्रै महिलाहरुसँग लामो कुराकानी भएको भेटियो।

साउन २५ गते राति ८ बजेपछि एक जना महिलासँग फेसबुकमा कुरा भएको भेटेपछि प्रहरीले त्यतैतर्फ अनुसन्धान अगाडि बढायो। त्या राति ती महिलाले सामाजिक सञ्जालमा केराको तस्विर पठाएर केरा खान आउनु भन्ने म्यासेज पठाएकी थिइन्। मृतक विकले भ्वाईस मेसेज पठाएका थिए। प्रहरी अब अनुसन्धान सकियो अपराधी पत्ता लाग्यो भनेर हौसियो।

तर डिटेल चेक गर्दा ती महिलाको ठेगाना नुवाकोट पत्ता लागेपछि प्रहरी एकाएक शून्यमा आईपुग्यो र नयाँ शिराबाट अनुसन्धान अगाडि बढाउन बाध्य भयो।

मोबाईल कल डिटेल चेक गर्दा उनकै साली पर्ने मनिषा विकसँग पनि धेरै कुरा हुने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान त्यतातर्फ तेस्र्यायो।

जिल्ला प्रहरी प्रमुख आँफै अनुसन्धानमा संलग्न भएकाले प्रहरी आँफैलाई पनि छिटो अनुसन्धान सक्नुपर्ने दबाब थियो। शनिबार एसपी आँफैले अन्य अनुसन्धान अधिकारीसहित साली पर्ने मनिषा विकलाई तीन घण्टा केराकार गरे।

एसपी ज्ञवाली भन्छन्, ‘कुरो चुहाउन निकै गाह्रो भयो, हामीले एउटा माइन्ड गेम खेल्यौं, तिम्री दिदीले बहिनीसँग धेरै फोनमा कुरा हुन्थ्यो, बहिनीले मारेको हुनुपर्छ भनेर बयान दिएकी छिन्।

साँचो कुरा हो भन भनेपछि बल्ल घटनाको पर्दा खुल्न सुरु भयो।’ मनिषाले प्रहरीलाई घटनाको बेलिविस्तार लगाउन सुरु गरिन्।

२५ गते राति ९ बजेतिर तुलबहादुर रक्सीले मातेर घरमा आएको र दुई वर्षकी छोरीलाई कुटपिट गरेपछि आफूसंगै माथिल्लो तलामा लगेर सुताएको उनले सुनाईन्।

मनिषाले प्रहरीलाई दिएको बयान अनुसार राति साढे ११ बजेको समयमा तुलबहादुरकी श्रीमती कुमारी कामी हातैभरी रगतसहितको खुकुरी बोकेर आएकी थिईन्।

बहिनीले के भो भनि सोध्दा तेरो भिनाजुलाई मारिदिएँ भनेर जवाफ दिईन्। किन मारेको भनि सोध्दा तैले बिहे गरेकी छैनस् यो कुरा तैले अहिले थाहा पाउँदैनस् भनेर जवाफ दिईन्।

मनिषाले प्रहरी सामु यति कुरा खोलेपछि प्रहरीले अनुसन्धान कुमारी कामीतर्फ केन्द्रित गर्‍यो। उनले सबुद लुकाउन हर मग्दुर प्रयास गरेकी थिईन्।

रगतका छिटाहरु परेका भित्ता पुरै लिपपोत गरिएको थियो। सामान्य आँखाले देख्न सकिने सबै प्रमाण नष्ट गरिएको थियो। कुमारीलाई प्रहरीले पहिले नै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिएर राखेको थियो।

बहिनीले सबै कुरा ओकलेपछि प्रहरीले प्रमाण जुटायो। हत्यामा प्रयोग भएको घन, खुकुरी बरामद ग¥यो। श्रीमानको मृत्युपछि पनि शोक न सुर्ता कुनै पिरलोमा नदेखिएकी कुमारीलाई केरकार गर्न थाल्यो।

कुमारीले हत्याको जे कारण बताईन्। प्रहरी पनि एक पटक झस्कियो। कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति सहबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हत्या गरेको बताएकी छिन्। तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो। उनीहरुको दुई वर्षको छोरी पनि छिन्।

कुमारीले प्रहरीलाई बयान दिए अनुसार विवाह भएदेखि नै तुलबहादुरले श्रीमतीलाई श्रीमतीको रुपमा दिनुपर्ने माया दिँदैनथे। कहिले भारत गएर बस्ने कहिले काठमाडौं गएर बस्ने गर्थे। त्यति मात्रै होईन संगै हुँदा पनि तँ जता सुकै जा म त फलानोलाई ल्याउँछु भन्दै विभिन्न युवतीहरुको नाम लिएर तनाव दिईरहने गर्थे।

शारीरिक र मानिसक यातना दिन्थै। तेरो न दाजुभाई छन् न तेरो माइतीको धनसम्पत्ती छ। फलानी कति राम्री छे, तेरो अनुहार पनि गतिलो छैन भनेर यातना दिईरहन्थे।

२५ गते राति पनि श्रीमान श्रीमतीबीच सहवास हुँदै गर्दा उनले अरु नै महिलाको नाम लिएर बर्बराएको कुमारीले बयान दिएकी छिन्। त्यतिमात्रै होईन सहवास सकिएपछि सुत्नेबेला पनि भोली ढोरपाटन जाने हो, फलाना फलानासँग जाने हो, त जतासुकै जा मत त्यही केटीसँग बस्छु भनेर बारम्बार टर्चर दिएपछि आफूले पहिले घनले पछिबाट घाँटीमा हानेर हत्या गरेको उनले बताएको प्रहरीले जानकारी दिएको छ।

उनको रिस लामो समयदेखि आवेग विस्फोट हुँदा उनको रिस त्यतिमै मात्र थामिएन। दाउराको चिर्पटले पाँच सात पटकसम्म श्रीमानलाई प्रहार गरिन्। अनि खुकुरीले आधा घाँटी रेटेर मृत्यु भएपछि मात्रै छोडिन्।

श्रीमानको हत्या गरेपछि डोकोमा बोकेर नजिकै रहेको निसीखोलामा लगेर तुलबहादुरको शवबाट टाउको छिनाएर टाउको र जिउ खोलामा फ्याँकेको उनले बयानमा भनेकी छिन्।

अहिले प्रहरीले मृतक तुलबहादुरकी श्रीमती २२ वर्षीया कुमारी कामी र साली १८ वर्षीया मनिषा विकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

कुमारीले हत्या आरोप स्वीकार गरे पनि प्रमाण मेटाउन र लास ठेगान लगाउन मनिषाको सहयोग थियो थिएन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

‘अनुसन्धान सुरु गरेको ५६ घण्टामा हत्यारा पत्ता लगायौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवाली भन्छन्,‘अन्य विभिन्न पाटाहरुमा अनुसन्धान बाँकी छ।’ -नागरिक दैनिकबाट

Chitwan Aaja चितवन आज
सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी
पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

ताजा समाचार

सबै

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज

‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.