काठमाडौं, भदौ ५-
दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने सरकारले तयारी गरेको छ ।
सरकारले भन्सार छुटमा चिनी ल्याउने भएको हो ।
पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
‘खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी ल्याउन लागिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पछि बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुगेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार