Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्ष नै प्रगति न्यून

काठमाडौं, भदौ १-
ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ ।

चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्कोमा तीन दशमलव पाँच प्रतिशत छ ।

सो सडक चार लेनमा विस्तार गरिने भएपनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले जानकारी दिए ।

मादी नदीमा चार लेनको नयाँ पुल बनाइने भएको छ । हाल रहेको पुल पुरानो भएको र आयू कम भएकाले हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । जम्मा ८० दशमलव ३३ किलोमिटर लम्बाइको सडकको स्तरोन्नति विसं २०७६÷७७ मा सुरु भएको थियो ।

सो योजनाको अवधि आव २०८५÷८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत १३ दशमलव ६२ अर्ब छ । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० अर्थात आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो ।

सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ ।

पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्किसहित १५ प्रतिशत थियो ।

निर्माण सुरु भएको आठ नौ महिना गइसकेको भए पनि निर्माणको गति कम देखिएको महानिर्देशक थापाले बताए । सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ ।

निर्माण गरेकै कम्पनीले मर्मत गर्नुपर्ने हुँदा राम्रो गर्नुपर्ने छ । उनले भने, “अरु धेरै ठेक्कामा एक वर्ष मर्मत गरेपछि त्यो कटाएर जाने थियो ।” पहिलो ठेक्कामा एक सय ४१ स्ल्याब कल्भर्टमध्ये १८ मा काम भइरहेको छ । चार सम्पन्न भइसकेको छ । त्यस्तै, २५ बक्स कल्भर्टमध्ये आठ वटामा काम भइरहेको र दुई सम्पन्न भएको छ ।

सो खण्डमा २४ माइनर ९साना० पुलमध्ये तीन सम्पन्न भइसकेको र तीन ठूला पुलमध्ये एक निर्माणाधीन छ । अहिलेसम्म २५ दशमलव तीन किमीमा माटो काटी सडक विस्तार भएको र टेवा पर्खालको काम भइरहेको छ ।

पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो ।

जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैर सहरी क्षेत्र छ । सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ ।

अवधि केही गए पनि काम आशा गरिए अनुसार नभएको विभागले जनाएको छ ।

यो ठेक्कामा पनि निर्माण, मर्मत र सम्भार गरी नौ वर्ष समय छ ।

दोस्रो ठेक्कामा हालसम्मको प्रगति एक प्रतिशत र वित्तीय प्रगति मोबिलानइजेशन पेश्कीसहित सात दशमलव पाँच प्रतिशत छ । सो खण्डमा ७८ स्ल्याब कल्भर्ट, ३५ बक्स कल्भर्ट र साना र ठूला पुल निर्माणको तयारी अघि बढेको योजनाले जनाएको छ ।

अपेक्षा गरिएको भन्दा न्यून प्रगति हुनुको कारण कोभिड सङ्क्रमण पनि रहेको विभागका महानिर्देशक थापाले बताउनुभयो । निर्माणको काम सुरु भएपनि चीनबाट दक्षजनशक्ति र उपकरण ल्याउन बाधा भएको जनाइएको छ ।

दोस्रो लहरको समयमा कतिपय कामदारलाई सङ्क्रमण देखिएकाले कार्यरत कामदार घट्दै गएका थिए । तेस्रो लहरको समयमा पनि कामदार घटेको र उपकरण ल्याउन नसकिएको उनले बताए ।

निर्माण व्यवसायीबाट समयमानै आवश्यक स्रोतसाधन जुटाउन नसकेको महानिर्देशक थापाले बताए । परामर्शदाताको निर्देशन ढिला गरी पालना गर्ने गरेको र पटक–पटक प्रतिबद्धता पेश गर्ने तर पूरा नगर्ने हुँदा समस्या देखिएको छ ।

निर्माणस्थलमा विद्युत् प्राधिकरणको प्रशारण लाइन र वितरण लाइन दुबै छ । विद्युतीय संरचनाको स्थानान्तरण भइरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा भइरहेको महानिर्देशक थापाको भनाइ छ । सो कामका लागि हाल लागत अनुमान प्राप्त नभएको उनले बताए ।

त्यस्तै, खानेपानीको संरचना हटाउन पनि समस्या रहेको योजनाले जनाएको छ । जामुनेदेखि सेती नदी पुलसम्म सडकको स्तरोन्नति गर्न सो क्षेत्रमा खानेपानी संस्था र उपभोक्ता समितिका पाइप लाइन तथा संरचना रहेका छन् ।

सडक निर्माणका लागि अत्यधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र सेती नदी तथा आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख छ ।

स्थानीय तहबाट सो सामग्रीको ठेक्कापट्टा हुँदा योजनालाई निर्माण सामग्रीको अभाव हुने देखिएको महानिर्देशक थापाले बताए ।

अमरसिंह चोकदेखि विजयपुर पुलसम्मको सडकमा उत्तरतर्फको ठूलो क्षेत्रमा आकाशे पानी तथा नहर र कुलोको पानी सडकमा नै आउने अवस्था छ । सडकको दक्षिणी भेगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले पानीको ‘क्रसिङ’ गर्नसक्ने अवस्था छैन ।

अहिले वर्षाको समयमा आबुखैरेनीदेखि मुग्लिनसम्म ठाउँठाउँमा पहिरो जाने ठाउँ रहेकाले त्यसको समाधान गरिने छ ।

पानी जम्ने र नाली थुन्ने समस्या रहेकाले सडक भासिने हुँदा व्यवसायीले खुलाइरहेका छन् । हाल विस्तारकै क्रममा रहेको नारायणगढ–बुटवल सडकमा निर्माणस्थल खाली हुन लामो समय लागेकै कारण अवधि सकिँदासमेत प्रगति न्यून छ ।

पृथ्वीराजमार्गको विस्तारमा सुरुमा निर्माणस्थल खाली गर्न समस्या देखिएकाले सोही ढिलाइ दोहोरिन सक्ने आशङ्का भइरहेको छ ।

गत साता प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसद्हरुले यो सडक निर्माण सुरु हुँदादेखि नै ढिलाइ भइरहेको भन्दै विभागको ध्यानाकर्षण गराएका थिए ।

चीन सरकारको सहयोगमा सन् १९७४ मा १७४ किमी लम्बाइको नौबिसे–पोखरा खण्डको निर्माण भएको थियो । पहिले सडक एक लेन रहेकमा आव २०४९-५० मा दुई लेन विस्तार गरिएको थियो ।

मुग्लिनबाट १५-१६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ रहेको थियो । अहिले विश्व बैंकबाट ऋण सहयोगमा निर्माण सुरु गरिएको छ । सडक चार लेनमा विस्तार गर्ने अवधारणाअनुसार विश्व बैंकबाट ऋण सम्झौता गरिएको छ । -रासस

Chitwan Aaja चितवन आज
बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech