काठमाडौं, भदौ १-
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार