काठमाडौं, साउन ३०-
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेकोे छ ।
आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार