काठमाडौं, साउन २९-
आगामी प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा एउटै चुनाव चिन्ह (हँसिया हथौडा) लिएर लड्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराई सहमत भएका छन् ।
आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा। भट्टराई र अध्यक्ष प्रचण्डबीच भएको करिब एक घण्टा लामो छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो ।
यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको बताइएको छ ।