काठमाडौं, साउन २९-
शेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्सेसँगै कारोबार सङ्ख्या र रकममा पनि निरन्तर कमी आउन थालेको छ ।
आज दुई सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार