काठमाडौं, साउन २९-
सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय अनुसार साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९ र ८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ।’ उनले भने ।