काठमाडौं, २३ साउन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।
शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए ।
खड्का घरमै आराम गरिरहेका छन् । न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार