Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ ०३, २०८२
☰
Logo शनिबार, माघ ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. सिमलताल तल त्रिशूली किनारमा बसजस्तो देखिने धातु फेला, यकिन गर्न प्रहरी परिचालन

  • ९. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

  • १०. धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी

अशोक घिमिरे
काठमाडौं साउन २१ –

सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमबर्षक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकिरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो ।

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षण भरमा खरानी बन्यो । विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले । नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो ।

विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । तर समकालीन विश्वले न सो विध्वंशलाई बिर्सन सकेको छ । न त्यसको भयबाट मुक्त हुन नै । विश्वबाट पारमाणविक हतियार निशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन् । अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणविक हतियार रहेको सार्वजनिक भएका छन् ।

उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ । नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७ औँ हिरोसिमा–नागासाकी स्मृति दिवसका अवसर पारेर आज आयोजित कार्यक्रममा सहभागीले अझै पनि पारमाणविक हतियार निशस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र विभागका प्राडा.मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबीच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताए । भौगोलिकरूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भएमात्रै नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताए । “नेपालसँग भौगोलिक रुपमा नजिक रहेका चीन, भारत र पाकिस्तान पनि पारमाणविक हतियारले युक्त छन्”, उनले भने, “कुनै कारणले चुहावट भएमात्र पनि त्यसको विकिरणले नेपाललाई ठूलो क्षति पुर्याउन सक्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ ।”

कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायन शास्त्र विभागका प्राध्यापक डा.मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलगत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाइन् । “पारमाणविक आक्रमण भएका हिरोसिमा–नागासाकी क्षेत्रका नागरिकलाई विवाह गर्न, कामकाज गर्न आणविक अछुतको व्यवहार गर्ने गरिन्थ्यो”, तत्कालीन अवस्थाको चित्रण गर्दै उनले भनिन्, “हिरोसिमा–नागासाकी अझै पनि रोइरहेको छ ।”

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबीच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताए । “पारमाणिक हतियार पूर्ण निःशस्त्रीकरण गर्नुपर्छ”, उनले भने, “चीन, भारत र पाकिस्तानको न्यूक्लियर पावरका बीचमा नेपाल रहेको छ, युद्ध मात्र होइन, चुहावट भयो भने पनि हामी प्रभावित हुन्छौँ ।” सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले विश्वबाट सबै खालका हातहतियार तथा सैन्य उपकरणको उत्पादन बन्द गरिनुपर्ने बताए ।

पारमाणविक हतियार निशस्त्रीकरणका मुद्दालाई निरन्तर उठाउनुपर्छ : उपसभामुख भुसाल

कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पारमाणविक हतियार निशस्त्रीकरणका मुद्दालाई निरन्तर उठाउनुपर्ने बताइन् । “मलाई लाग्छ वर्ष दिनमा एक पटक मात्र होइन, यो विषयमा सधैँ बौद्धिक संवाद चलाउनुपर्छ”, उनले भनिन् । उनले पारमाणविक हतियारलाई समाप्त गर्ने र शान्तिलाई अगाडि बढाउने विषयमा आफ्नो निरन्तर प्रतिबद्धता रहिरहने बताइन् ।

उपसभामुख भुसालले विज्ञान प्रविधिलाई सदुपयोग गरेर मुलुकको समृद्धि र विकासमा लैजानुपर्ने बताइन् । “हिजोका दिनमा भएका यी घटनाका भोगाइ, तीतो अनुभव भोलिका पुस्ताले भोग्नु नपरोस्, त्यो भोगाई समृद्धि र विकासका लागि ठूलो बाधक हुन्छ”, उनले भनिन्, “त्यसका लागि हामी समयमै सजग र सचेत बनौँ ।” – रासस

Chitwan Aaja चितवन आज
शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल
पाल्पामा चुनावी चहलपहल
निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

ताजा समाचार

सबै

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा

WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

निर्वाचन आयोगले भन्यो – २१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न सकिंदैन

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या

शिक्षकलाई स्थानीय भत्ता वितरण

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

बडीमालिकामा आफ्नै घरको छतबाट खसेर वृद्धाको मृत्यु

बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.