काठमाडौं, साउन १६-
इन्धनको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर आएको छ ।
आज सोमबार प्राप्त नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य आएको छ ।
यस्तै, डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ नेपाल आयल निगमले जनाएको छ ।
आज प्राप्त मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको निगमले बताएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार