चितवन, साउन १६-
कालिका नगरपालिकामा ६० घर डुबानमा परेका छन्।
दुई दिनदेखि लगातार परेको वर्षाका कारण चितवनको बुङ्खोलामा आएको बाढी पसेर कालिका नगरपालिकाका ६० घर डुबानमा परेको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो ।
कालिकाको गोर्खाली टोल, लाहुरेचोक, मिलनचोक,क्लबचोक, प्रगतिटोल, कमलचोक, खोलेसिमल क्षेत्रको केही भाग डुबानमा परेका छन् ।