चितवन, साउन १३-
पछिल्लो केहीदिन यता चितवनमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गइरहेको छ । संक्रमितहरु थपिदै जाँदा आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६२ जना पुगेको छ ।
जसमध्ये होम आइसोलेसनमा ५७ र अस्पतालको आइसोलेसनमा ५ जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यता, पछिल्लो २४ घण्टामा १३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार ३३ जनाको पीसीआर र १२ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाको ११, खैरहनी नगरपालिकाको एक र रत्ननगर नगरपालिकाको एक जना रहेका छन् ।








