काठमाडौं, १२ साउन-
सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ ।
मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ ।
आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ ।
करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।