बुटवल, साउन ८-
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा सञ्चालित कल सेन्टरमा आज प्रहरीले छापा मारेको छ ।
कल सेन्टरमा प्रहरीले छापामारी प्रहरीले ७ जना सञ्चालकसहित डेढ सय युवायुवतीलाई समेत पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले घरमा ३ वटा फ्ल्याट भाडामा ३ सयबढी कम्प्युटर राखी अवैध धन्दा गर्ने गरेको पाइएको बताउनुभयो ।
उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ ।
सो कल सेन्टर एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको खुलेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार