माधव सापकोटा 
श्रावण ७ , भरतपुर -४, अद्वैतचोक,लंकु,चितवनमा आज बसेको धर्मपथ टोलवासीहरूको एक भेलाले रामजी पौडेल अध्यक्ष हुने गरी ११ सदस्यीय धर्मपथ टोल विकास संस्था संचालक समिति गठन गरेको छ।यस्तै भेलाले उपाध्यक्षमा नारायणप्रसाद खराल,सचिवमा रामप्रसाद कंडेल ,सहसचिवमा विष्णु सापकोटा ,कोषाध्यक्षमा मधुसूदन सापकोटा ,सदस्यमा केशकुमारी सापकोटा ,यशोदा सापकोटा ,बलेकुमार श्रेष्ठ , नरहरि श्याम शर्मा,लेखनाथ सापकोटा ,नरहरि कंडेललाई चयन गरेको छ। संस्थाका निवर्तमान अध्यक्ष टीकाराम कंडेलको सभापतित्व तथा भरतपुर -४, का वडा सदस्य राधादेवी कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका निवर्तमान सचिव भोजनारायण कंडेलले मौखिक रूपमा सचिवको प्रतिवेदन एवम् संस्थाका कोषाध्यक्ष बुद्धि सापकोटाले २०७२ /२/७ देखि २०७९/ ३/३२ सम्मको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नुभएको थियो। निर्वाचन समितिका संयोजक सोम सापकोटा , समाजसेवी खिमानन्द कंडेल ,हरिप्रपन्न शर्मा लगायतका महानुभावहरूको उपस्थिति रहेको सो कार्यक्रममा मीना खरेल,भूपतिदास सापकोटा , बाबुराम खरेल,वैकुण्ठपथ टोल विकास संस्थाका अध्यक्ष विकास श्रेष्ठ , टोलवासीका तर्फबाट नरहरि कंडेल,यशोदा सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष कृष्णप्रपन्न गौतमको स्वागत मन्तव्यका साथ सुरुवात भएको उक्त कार्यक्रममा टोलवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।








