चितवन, साउन ७-
नेपाल राष्ट्रिय कर्मचारी महासंघ चितवनको अध्यक्षमा प्रेमप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न अधिबेसनले उपाध्यक्षमा जितेन्द्र घर्ती (बैंकिङ) र सबिता सापकोटा (बिश्वबिद्धालय), सचिवमा सन्तोष आचार्य (स्थानीय निकाय) लगायत ११ सदस्यीय समिति गठन गरेको छ ।
यस्तै, ३ जना मनोनित सदस्य एवम् बाबुराम दवाडी सल्लाहकार संयोजक रहेको ५ जनाको सल्लाहकार समिति समेत निर्वाचित गरेको छ ।