काठमाडौं, साउन ६-
भेब्स ग्लोबलले ‘इनरुट अष्ट्रेलिया हाईयर एजुकेशन एडमिसन डे’ सञ्चालन गर्ने भएको छ ।
साउन १० गते मंगलबार भेब्स ग्लोबलले कार्यक्रम गर्ने भएको हो । कार्यक्रम भेब्स ग्लोबलको अफिस लालचन प्लाजा, हात्तीसार काठमाडौमा हुने भएको हो ।
कार्यक्रममा ११ जना अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षा सम्बन्धी परामर्श सेवा दिने ग्लोबलका हेड अफ एडमिसन करुण घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।
एडमिसन डेमा अष्ट्रेलिया उच्च शिक्षाको लागि पढ्न जाने विद्यार्थीहरुले निशुल्क परामर्श र अवलोकन गर्ने पनि उहाँले बताउनुभयो ।
उच्च शिक्षा हासिल गर्नको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि यो एउटा अवसर हुने क्षेत्रीले बताउनुभयो ।
भेब्स ग्लोबलले काठमाडौंमा रहेर विगत १२ बर्ष देखि उच्च शिक्षाको लागि उचित परामर्श दिदै आएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार