विराटनगर, साउन ६-
भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार राति विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा रहेको प्रहरीले जनाएको छ ।
भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर हुन आउने प्रहरीको भनाइ छ ।