काठमाडौं, ४ साउन-
नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७.६१ पैसा रहेको छ । हिजो सोमबार डलरमूल्य १२८.२१ पैसा नेपाली थियो ।
पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ, सिंगापुरे डलर ९१.०६ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४पैसा रहेको छ । -न्युज कारखाना