गैडाकोट ४ श्रावण,
गैडाकोट लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर ले आज क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिब र कोषाध्यक्षहरुलाई तालिम प्रदान गरेको छ । आजको तालिममा क्लष्टर नं ३,४, ५ का अध्यक्ष, उपाध्यक्ष, सचिब र कोषाध्यक्षहरुको सहभागी भएको डिष्ट्रिक ३२५ आरका सचिब राजेन्द्र गौतमका अनुुसारले जानकारी दिनुुभयो । लायन्स क्लबहरुले आफुले गरेका सामाजिक तथा मानविय कार्यको जानकारी (रिपोटिङ्ग) डिष्ट्रिक तथा अन्र्तराष्ट्रियमा कसरी र किन गर्ने भन्ने जानकारी प्रदान गर्न तालिमको आयोजना गरिएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर का डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले जानकारी गराउनुभयो । सहभागिहरुलाई डिष्ट्रिक का एडिसनल क्याबिनेट सेक्रेटरी पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष शुरेश कुमार श्रेष्ठ, सचिब राजेन्द्र गौतम र पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ र द्धितिय भाईस डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपाने तालिम प्रदान गर्नुुभएको थियो । प्रशासनिक कार्य सहजताका लागि डिष्ट्रिक ३२५ आर लाई ६ वटा क्लष्टरमा छुट्टाईएको छ । काठमाडौं क्षेत्र १ नं क्लष्टरमा पर्दछ भने पुर्वी चितवन क्लष्टर नं २ मा पर्दछ । त्यसैगरी नवलपुर क्षेत्रलाई क्लष्टर नं ६ मा राखिएको छ । आजको तालिममा भरतपुर महानगर पालिका र ईच्छाकामना गाबिस अन्र्तगत रहेका क्लष्टर नं ३,४ र ५ का अध्यक्ष, उपाध्यक्ष, सचिब र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । बाँकी क्षेत्रमा डिष्ट्रिक को पहिलो क्याबिनेट बैठक पछाडी तालिमको आयोजना गरिने छ । कार्यक्रम डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेको सभापतित्वमा सम्पन्न भएको थियो ।









