काठमाडौं, साउन १-
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो
गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार नेताहरु बोल्नेक्रम सकिएको छ । पदाधिकारी बसेर आज बैठकका निर्णयको मस्यौदा तयार पार्न लागेका हुन् ।
पदाधिकारीले बैठकका निर्णयको मस्यौदा तयार पारेर सोमबार दिउँसो ३ बजे बस्ने बैठक पेस गरिनेछ ।
बैठकमा संकट उन्मुख अर्थतन्त्रका विषयमा पार्टीले सरकारलाई सुझाव दिने र आगामी निर्वाचनमा पनि गठबन्धनको निरन्तरता रहने सन्देश दिने बुझिएको छ । यस्तै काँग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता तयारी छ ।
बैठकमा सभापति शेरबहादुर देउवाको सहभागिता नरहने बताइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार